Monday 23rd of November | २०८३ मङ्सिर ७ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

उपत्यकामा ५६६ सवारीचालक कारबाहीमा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ७ सोमबार |
newsabhiyan

काठमाडौँ, ७ मङ्सिरः काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने ५६६ जना सवारीचालक कारबाहीमा परेका छन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई निगरानी तथा चेकजाँचका क्रममा कारबाही गरिएको हो ।

कारबाहीमा पर्नेमा मादकपदार्थ सेवन गरी सवारी चलाउने ६७ जना, सिसिटिभीबाट पहिचान भएका ३७ जना, सङ्केत बत्ती उल्लङ्घन गर्ने २९ जना र तीव्र गतिमा सवारी चलाउने १२२ जना छन् ।

त्यसैगरी, निषेधित क्षेत्रमा हर्न बजाउने १०,  सवारीको अवस्था ठीक नभएका १८ र एकतर्फी सडकमा नियम उल्लङ्घन गर्ने चार जना कारबाहीमा परेका छन् ।

विभिन्न सवारी नियम पालना नगर्ने २७९ जनालाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । उनीहरुमाथि नियमअनुसार जरिवानासहितको कारबाही गरिएको प्रवक्ता सुवेदीले बताउनुभयो ।

ट्राफिक प्रहरीले सडक अनुशासन कायम गराउन नियमित चेकजाँच तथा निगरानीलाई निरन्तरता दिँदै आएको छ । सवारीचालकलाई ट्राफिक नियमको पूर्ण पालना गरी सुरक्षित रूपमा सवारी चलाउन प्रहरीले आग्रह गरेको छ ।

सवारी नियमको पालना गर्नु चालकको जिम्मेवारी मात्र नभई सडकमा हिँड्ने पैदलयात्रुसहित सबैको सुरक्षासँग जोडिएको विषय भएकाले ट्राफिक प्रहरीले नियम उल्लङ्घन नगर्न सबैमा अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan