Monday 16th of November | २०८३ कार्तिक ३० सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अज्ञात व्यक्तिद्वारा धानको कुन्यूमा आगजनी: एक लाखभन्दा बढीको क्षति

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक ३० सोमबार |

भद्रपुर (झापा), ३० कात्तिक: झापाको कनकाई नगरपालिका-९ घैलाडुब्बामा अज्ञात व्यक्तिले धानको दुई वटा कुन्यूमा आगो लगाउँदा करिब ९० मन धान र पराल पूर्ण रूपमा जलेर नष्ट भएको छ ।

घैलाडुब्बा पशुहाटबाट उत्तरतर्फ रहेको लोक बाह्रकोटीको १८ कट्ठा जग्गामा स्थानीय महबुब आलमले धानको कुन्यूमा गएराति आगजनी गरेका थिए ।

राति भएको घटनाबारे प्रहरीले आज बिहान मात्रै जानकारी पाएको थियो । घटनास्थलमा प्रहरी टोली पुग्दा दुवै वटा कुन्यू पूर्ण रूपमा जलिसकेका थिए भने आगो निभिसकेको थियो ।

आगलागीबाट धान र पराल गरी करिब रु एक लाख ५१ हजारभन्दा बढिको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिनुभयो । उहाँका अनुसार यससम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan