Thursday 5th of November | २०८३ कार्तिक १९ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एनपिएलः विराटनगरद्वारा काठमाण्डुसामु ८४ रनको लक्ष्य

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १९ बिहीबार |

काठमाडौँ, १९ कात्तिकः तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आजको दोस्रो खेलमा विराटनगर किङ्ग्सले काठमाण्डु गोर्खाजसामु ८४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।  

    कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले १८.३ ओभरमा ८३ रनमै सवै विकेट गुमायो । विराटनगरका लागि रुपेश सिंहले २६, एन्जेलो म्याथ्युजले २२ र बसिर अहमदले १० रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अङ्कमा रन जोड्न सकेनन् । 

    बलिङतर्फ काठमाण्डुका लागि सन्तोष यादवले ३, सहान अराच्चिगे र जहानदाद खानले २–२ तथा साहब आलम, कप्तान करण केसी र देव साहले एक एक विकेट लिए ।  अहिले काठमाण्डु गोर्खाजले जवाफी ब्याटिङ गरिरहेको छ । उसले तीन ओभरमा एक विकेट गुमाएर १८ रन बनाएको छ । 

    जारी संस्करणमा विराटनगरले चार खेल खेलिसकेको छ । उसले २ खेलमा जित र २ खेलमा पराजय व्यहोरेको छ । विराटनगर ताजा स्थितिमा चार अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । तालिकाको सातौँ स्थानमा रहेको काठमाण्डु गोर्खाजले दुई खेल खेल्दा एकमा जित र एकमा हारको सामना गरेको छ । 

    यसअघि आजै भएको पहिलो खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १६ रनले पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan