Thursday 5th of November | २०८३ कार्तिक १९ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एनपिएल खेल्न नेपाल आइपुगे फेबियन एलेन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १९ बिहीबार |

काठमाडौँ, १९ कात्तिकः वेष्ट इण्डिजका चर्चित अलराउन्डर फेबियन एलेन तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० प्रतियोगिता खेल्न आज नेपाल आइपुग्नुभएको छ । उहाँलाई  त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सुदूरपश्चिम रोयल्सका प्रतिनिधिले स्वागत गर्नुभयो ।

एलेनले हालसम्म वेष्ट इण्डिजका लागि २० एकदिवसीय खेल, ४२ टी–२० अन्तरराष्ट्रिय खेल खेल्नुभएको छ । उहाँले एकदिवसीयमा २०० रन बनाउनुभएको छ भने सात विकेट लिनुभएको छ ।

यस्तै, एलेनले टी–२० अन्तरराष्ट्रिय क्रिकेटमा २९८ रन जोड्नु भएको छ भने २४ विकेट लिनुभएको छ । उहाँले समग्र टी–२० क्रिकेटमा १७८ खेलमा एक हजार ६३४ रन बनाउनुभएको छ ।

एलेनले इण्डियन प्रिमिय लिग (आइपिएल), क्यारेबियन प्रिमियर लिग (सिपिएल), मेजर लिग क्रिकेट, बिग बास लिग (बिबिएल), लङ्का प्रिमियर लिग (एलपिएल), आइएल टी–२०, एसए टी–२० र पाकिस्तान सुपर लिग (पिएसएल) खेलिसक्नुभएको छ । एनपिएल उहाँका लागि नवौँ व्यावसायिक लिग हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan