Monday 2nd of November | २०८३ कार्तिक १६ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एनपिएलः चितवनद्वारा सुदूरपश्चिमसामु १३० रनको लक्ष्य प्रस्तुत

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १६ सोमबार |

काठमाडौँ, १६ कात्तिकः तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई १३० रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा छ विकेट गुमाएर १२९ रन बनायो ।

    उसका लागि मध्यक्रमका ब्याटर रवि बोपाराले ४० बलमा तीन चौका र दुई छक्कासहित सर्वाधिक ४९ रनको पारी खेले । यस्तै, डेविड मलानले १६, कप्तान सिकन्दर राजा र अर्जुन साउदले समान १५/१५ तथा विवेककुमार यादवले १७ रन जोडे ।

    सुदूरपश्चिमका लागि बलिङतर्फ स्कट कुग्लाइनले दुई तथा कप्तान दीपेन्द्र सिंह ऐरी र अनिल खरेलले समान एक/एक विकेट लिए । जारी प्रतियोगितामा अहिलेसम्म चितवन अपराजित छ । उसले दुई खेल खेल्दा एकमा जित र एक खेलमा अङ्क बाँडेको छ । उता सुदूरपश्चिमले तीन खेलमध्ये दुईमा हार र एक खेलमा मात्र जित निकालेको छ । आजै भएको पहिलो खेलमा कर्णाली याक्सविरुद्ध काठमाण्डु गोर्खाजले चार विकेटको जित निकालेको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan