Monday 2nd of November | २०८३ कार्तिक १६ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सशस्त्र प्रहरीको सीमा सुरक्षा कारबाही तीव्र, १ अर्ब ३३ करोडको अवैध सामग्री बरामद

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १६ सोमबार |
newsabhiyan

काठमाडौं । सीमा क्षेत्रमा निगरानी र सुरक्षा व्यवस्था कडा बनाउने सरकारको नीतिअनुरूप सशस्त्र प्रहरी बल, नेपालले अवैध सामानको ओसारपसार, लागूऔषध कारोबार, हातहतियार तस्करी तथा अन्य आपराधिक गतिविधिविरुद्ध कारबाही तीव्र पारेको छ।

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकार गठन भएदेखि २०८३ कात्तिक १२ गतेसम्म सशस्त्र प्रहरीले सीमा क्षेत्रबाट १ अर्ब ३३ करोड २६ लाख ९१ हजार ५९९ रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरेको छ। यो तथ्याङ्क २०८२ चैत १३ देखि २०८३ कात्तिक १२ गतेसम्मको हो।

सशस्त्र प्रहरीका अनुसार उक्त अवधिमा १७ नाल अवैध हातहतियार बरामद गरिएका छन् भने हातहतियारसम्बन्धी गतिविधिमा संलग्न आठ जना पक्राउ परेका छन्।

त्यस्तै, लागूऔषध कारोबारमा संलग्न ४२१ जना पक्राउ परेका छन्। उनीहरूबाट गाँजा, चरेस, अफिम, खैरो हेरोइन, विभिन्न प्रकारका ट्याब्लेट तथा इन्जेक्सनलगायत लागूऔषध बरामद गरिएको छ।
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणतर्फ पनि सशस्त्र प्रहरीले सक्रियता बढाएको छ। यस अवधिमा बेचबिखन तथा ओसारपसारको जोखिममा परेका १६७ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ११८ जना बालबालिका रहेका छन्। घटनामा संलग्न रहेको आरोपमा ९१ जना पक्राउ परेका छन्।

सीमा अतिक्रमण नियन्त्रण तथा दशगजा क्षेत्रको संरक्षणका लागि पनि विभिन्न कदम चालिएको सशस्त्र प्रहरीले जनाएको छ। दशगजाका ३५ स्थानमा रहेका २३७ वटा संरचना हटाइएको छ भने १७ स्थानको ७.४४८ बिघा जग्गाबाट खेतीपाती हटाइएको छ।

यसैगरी, सीमा क्षेत्रका २०४ स्थानमा गरी ९४.५८८ किलोमिटर क्षेत्रमा सरसफाइ गरिएको छ।

सीमावासीसँगको सम्बन्ध सुदृढ बनाउने तथा सीमा सुरक्षासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले उक्त अवधिमा २ हजार ८०६ वटा कार्यक्रम सञ्चालन गरिएको छ।

सशस्त्र प्रहरीले सञ्चालन गरेका १४१ सहायता कक्षबाट ३ लाख ४९ हजार ९०८ जना तथा १३ पर्यटक सहायता कक्षबाट १० हजार ६५४ जना लाभान्वित भएको विवरणमा उल्लेख छ।

सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण, मानव बेचबिखन रोकथाम, लागूऔषध कारोबार नियन्त्रण तथा सीमावासीको सुरक्षा र सहयोगलाई प्राथमिकतामा राखेर सशस्त्र प्रहरीले आफ्नो निगरानी र सुरक्षा गतिविधि अघि बढाएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan