सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १२ बिहीबार |
काठमाडौँ, १२ कात्तिकः स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको भाउ घटेको छ । सुन तोलामा रु ३०० र चाँदी रु ५० घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला छापावाल सुन रु दुई लाख ८३ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु तीन हजार ९३० कायम भएको छ । बुधबार छापावाल सुन प्रतितोला रु दुई लाख ८३ हजार २०० र असली चाँदी रु तीन हजार ९८० मा कारोबार भएको थियो ।

