Tuesday 27th of October | २०८३ कार्तिक ११ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जनशक्ति थपेर लालपुर्जा वितरण गरिँदै

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक ११ मंगलबार | (रासस)

नारायणगढ (चितवन), १० कात्तिक : भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन दलित, सुकुमवासी तथा अव्यवस्थित बसोबाससम्बन्धी समस्या यथाशीघ्र समाधान गर्न आवश्यक जनशक्ति थपेर लालपुर्जा वितरण  गरिने बताउनुभएको छ ।

जिल्लाका सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, अन्य सरोकारवाला तथा भूमि समस्या समाधान समितिका अधिकारीको छलफलपछि उहाँले लालपुर्जा वितरण प्रक्रियालाई तीव्रता दिन आवश्यक जनशक्ति व्यवस्थापन गरिने स्पष्ट पार्नुभयो ।

मन्त्री रावलले भन्नुभयो, “प्राप्त सुझावका आधारमा काम कसरी छिटो गर्न सकिन्छ भन्ने विषयमा छलफल गरेका छौँ । नियम र नीतिका कारण काम रोक्ने वा बाधा अड्काउ हुने अवस्था छैन । जिम्मेवारीमा रहनुभएका व्यक्तिले कति छिटो  अगाडि बढाउनुहुन्छ भन्ने विषय नियतमा भर पर्छ ।”
 
मन्त्री रावलले लालपुर्जा वितरणको कामलाई तीव्रता दिन जिल्ला समितिलाई आवश्यक सुझाव दिन आग्रह गरिएको बताउनुभयो । मन्त्री रावलले आफूले सहकारी पीडित तथा भूमिहीन नागरिकसँग प्रत्यक्ष संवाद गरी स्थानीयका समस्या र गुनासा सुनेको तथा सरकारले गरिरहेका कामबारे उहाँहरुलाई जानकारी गराएको बताउनुभयो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan