Tuesday 27th of October | २०८३ कार्तिक ११ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कसैलाई धान थन्क्याउन चटारो, कसैलाई चिन्ता

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक ११ मंगलबार | (रासस)

बागमती, १० कात्तिकः हटिया, चौघडा, कमानेका किसानलाई धान थन्क्याउने चटारो छ, भने कतिपयलाई नकाटेको धान पानीका कारण बिग्रने पो होकी भन्ने चिन्ता छ ।
    
    “खेतमा धान पाकिसकेको छ, मौसम बिग्रने हल्ला छ, काटौँ की नकाटौँ”, अधिकारीले भन्नुभयो, “मैले १२ कठ्ठा क्षेत्रफलमा धान लगाएको छुु, काटौँ की नकाटौँ भन्ने कुराले छटपटी भएको छ ।”
    
    बङ्गालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणाली बलियो बन्दै चक्रवातमा परिणत हुन सक्ने अनुमानका कारण त्यसको प्रभावले बुधबारदेखि मौसम प्रतिकुल बन्ने सम्भावना  छ ।

    पूर्वानुमानअनुसार बुधबार कोशी, बागमती र गण्डकी प्रदेशमा बादल लाग्ने र छिटपुट वर्षा हुन सक्ने र हिमाली क्षेत्रमा हिमपातको सम्भावना हुने अनुमान गरिएको छ । 

    हेटौँडा उपमहानगरपालिका–१० हटिया फाँटका फणिराज अधिकारीको खेतमा धान पाकेको छ । पाकेको धान काटौँ वा नकाटौँ भन्ने दुुविधामा हुुनुुहुन्छ ।

    राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले धानबालीमा क्षति पुग्न सक्ने भन्दै मङ्गलबारसम्म धान थन्काउन आग्रह गरिरहेका छन् । 

    नेपाल मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार भोलिदेखि देशका विभिन्न भागमा मौसम प्रतिकूल हुने सम्भावना छ ।

    बिहीबारदेखि मौसम प्रणालीको प्रभाव थप क्षेत्रमा फैलिने अनुमान गर्दै विभागले शुक्रबार र शनिबार यसको प्रभाव अझ बढ्न जनाएको छ ।

    सम्भावित मौसमलाई दृष्टिगत गर्दै कृषकलाई धान काट्ने र भित्र्याउने काममा ढिलाइ नगर्न सुझाव दिँदै केन्द्रले मौसममा सुधार आएपछि प्राविधिकको सल्लाहअनुसार कृषि कार्य गर्न सुझाएको छ ।
    
    केही वर्ष अघिसम्म नेपालमा मौसम पूर्वअनुमान नमिल्ने गरेको भएपनि पछिल्ला समयमा पूर्वानुमान ठ्याक्कै मिल्न थालेको कृषकहरू बताउँछन् । यस अघि गरिएका पूर्वअनुमान मिलेका कारण मौसमलाई ध्यान दिएर मात्रै काम गर्नुपर्छ भन्नेमा अधिकांश किसान रहेको अर्का स्थानीयवासी हरि अधिकारीले बताउनुभयो ।
    
    हटिया फाँटमा केही वर्ष अघिसम्म पूरै फाँटमा नै धान खेती हुुने गरेको ८० वर्षीय श्रीप्रसाद न्यौपानेले जानकारी दिनुभयो । पछिल्ला वर्षमा बढ्दो बस्ती विकासले खेतीयोग्य जमिनहरू घडेरीमा परिणत हुुँदै गएको उहाँले बताउनुभयो ।

    “पहिले यो क्षेत्रको अधिकांश क्षेत्रमा धान खेत मात्रै थियो”, उहाँले भन्नुभयो, “केही वर्ष यता विशेष गरी बाटो आसपासका क्षेत्र घरहरूले भरिन थालेका छन् । वर्षेनी खेतीयोग्य जमिनहरू बस्तीमा परिणत भइरहेका छन् ।”

    यस क्षेत्रमा बहुुबाली खेती हुन्छ । धानपछि तोरी वा आलु त्यसपछि मकैजस्ता बाली लगाइने भएका कारण वर्षैभरि केहीनकेही खेती हुुने गरेको बताउनुभयो । पछिल्ला समयमा स्थानीय युवाहरू रोजगारीका लागि विदेश जान थालेपछि भने जनशक्तिको अभाव हुने गरेको उहाँको अनुुभव छ । धान भित्र्याउनका लागि तराईमा विभिन्न क्षेत्रबाट १०० भन्दा बढी मजदुर हटिया क्षेत्रमा रहेको उहाँले बताउनुुभयो ।

    मौसम पूर्वअनुमानका कारण धान काटेकालाई भित्र्याउन हतारो भएको बताउँदै उहाँले नकाटेको धान भने काट्नका लागि डराउनुपर्ने अवस्था रहेको बताउनुभयो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan