Sunday 25th of October | २०८३ कार्तिक ९ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक ९ आइतबार |

नारायणगढ (चितवन), ८ कात्तिकः चितवनमा सवारी दुर्घटना तथा दुर्घटनामा परी मृत्यु हुने र घाइते हुनेको सङ्ख्यामा उल्लेख्य कमी आएको छ ।
 
    जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार गत वर्षको दसैँको तुलनामा यस वर्ष सवारी दुर्घटना करिब ७३ प्रतिशतले कमी आएको हो ।
 
    कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/८३ को दसैँ अवधिमा जिल्लामा ३३ वटा सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो भने ५८ जना घाइते भएका थिए । चालु आर्थिक वर्ष २०८३/८४ को दसैँ अवधिमा भने नौ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् ।
 
    गत वर्षको तुलनामा यस वर्ष दुर्घटनाको सङ्ख्या २४ वटाले घटेको छ । त्यस्तै, दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ७५ प्रतिशत र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घटेको छ ।
 
    जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख अनिल थापाले प्रविधिको प्रयोग, कडाइका साथ गरिएको सवारी जाँच, चुस्त सुरक्षा व्यवस्था र ट्राफिक सचेतनाका कारण दुर्घटना तथा मानवीय क्षतिमा कमी आएको बताउनुभयो ।
 
    उहाँका अनुसार जिल्लाका मुख्य स्थानमा जडान गरिएका सिसिटिभी क्यामेराबाट निगरानी, ट्राफिक प्रहरीद्वारा बडी वोर्न क्यामेराको प्रयोग तथा मुख्य सडकखण्डमा कडाइका साथ गरिएको सवारी जाँचले दुर्घटना न्यूनीकरणमा सहयोग पु¥याएको छ ।
 
    साथै चाडपर्वका समयमा सुरक्षा व्यवस्थालाई चुस्त बनाउनु र निरन्तर ट्राफिक सचेतना अभिवृद्धि गर्नुले पनि दुर्घटना तथा मानवीय क्षति घटाउन योगदान पु¥याएको प्रमुख थापाले जानकारी दिनुभयो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan