Wednesday 14th of October | २०८३ असोज २८ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जुम्लाका २२० नागरिकले घरमै पाए राहदानी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २८ बुधबार |

जुम्ला, २८ असोजः शासकीय सुधार कार्यक्रमअन्तर्गत सुरु भएको हुलाकमार्फत घरमै राहदानी पु¥याउने सेवा जुम्लामा प्रभावकारी बन्दै गएको छ । 
    
बितेका पाँच महिनामा यहाँका २२० जनाले घरमै राहदानी पाएका छन् । जिल्ला प्रशासन कार्यालय, राहदानी शाखाका प्रमुख नरबहादुर बुढाले जिल्ला हुलाक कार्यालयसँग सम्पन्न सम्झौताअनुसार चालु आवको भदौसम्म १९८ जनाको राहदानी घरदैलोमै पुगेर वितरण गरिएको बताउनुभयो । 
    
गत वर्ष ९७२ जनाले घर घरबाटै राहदानी पाएका थिए । चालु आवको दुई महिनामा १९८ जनाले राहदानी पाएका छन् । 
    
यसैगरी, जिल्लामा आठ हजार ६० जनाले राष्ट्रिय परिचयपत्र बनाएको  प्रशासन जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan