Sunday 4th of October | २०८३ असोज १८ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १५ बिहीबार | (रासस)

वीरगञ्ज (पर्सा), १५ असोजः आर्थिक वर्ष २०८२÷८३ मा सञ्चालन भएका स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा पर्सास्थित सखुवा प्रसौनी गाउँपालिका जिल्लामै प्रथम भएको छ । जिल्लास्तरीय वार्षिक स्वास्थ्य समीक्षा कार्यक्रमबाट सार्वजनिक नतिजाअनुसार ठोरी गाउँपालिका दोस्रो र जगरनाथपुर गाउँपालिका तेस्रो भएको छ ।

    स्वास्थ्य कार्यक्रमको मूल्याङ्कनमा स्वास्थ्य सेवाको योजना तथा कार्यान्वयन, सेवा प्रवाह, सेवाको पहुँच तथा गुणस्तर, लक्षित समुदायसम्म सेवाको पहुँच र स्वास्थ्य संस्थाको कार्यसम्पादनलगायत विभिन्न सूचकका आधारमा आफ्नो गाउँपालिका सखुवा प्रसौनी गाउँपालिका प्रथम भएको अध्यक्ष जसवन्त यादवले जानकारी दिनुभयो । उहाँले उत्कृष्ट नतिजा हासिल गर्न स्वास्थ्य कार्यक्रम सञ्चालनमा योगदान पुर्याउने सम्पूर्ण स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीप्रति आभार पनि व्यक्त गर्नुभयो । 

    त्यसैगरी, बारा जिल्लामा आर्थिक वर्ष २०८२÷८३ को स्वास्थ्य कार्यक्रम मूल्याङ्कनमा परवानीपुर गाउँपालिका प्रथम, महागढीमाई नगरपालिका दोस्रो र करैयामाई गाउँपालिका तेस्रो भएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan