Sunday 4th of October | २०८३ असोज १८ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा टेलिमेडिसिन सेवा सुरु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १५ बिहीबार |

जुम्ला, १४ असोजः कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले टेलिमेडिसिन सेवा सुरु गरेको छ ।
टेलिमेडिसिन सेवाको आज उद्घाटन गर्दै प्रतिष्ठानका रेक्टर प्रा डा धर्मभक्त सुवेदीले उपचारका लागि स्वास्थ्य संस्थामा पुग्न नसक्ने बिरामीले घरबाटै स्वास्थ्य सेवा लिन सक्ने बताउनुभयो । 

    दुर्गमका धेरै नागरिक विशेषज्ञ स्वास्थ्य सेवाबाट वञ्चित भएकाले टेलिमेडिसिन सेवा सुरु गरिएको प्रतिष्ठानले जनाएको छ । यस सेवाबाट घरमै बसेर विशेषज्ञ चिकित्सकको परामर्श लिन सहज हुने छ ।

    प्रतिष्ठानका निर्देशक डा विनम्र विष्टले सेवाको सुरुआतसँगै प्रतिष्ठानमा उपचारका लागि आउने बिरामी तथा विभिन्न स्वास्थ्य संस्थाबाट ‘रेफर’ भएर आउने बिरामीले विशेषज्ञ चिकित्सकको सेवा लिन थप सहज हुने बताउनुभयो । 

    दुर्गम तथा विशेषज्ञ सेवा सहज रूपमा उपलब्ध हुन नसक्ने क्षेत्रका नागरिकलाई आवश्यकताअनुसार विशेषज्ञ चिकित्सकीय परामर्श तथा सेवा उपलब्ध गराउन टेलिमेडिसिनले सहयोग पुग्ने छ । प्रतिष्ठानका अनुसार आज जाजरकोटका एक बिरामीलाई टेलिमेडिसिनमार्फत स्वास्थ्य सेवा प्रदान गरिएको थियो । 

    प्रतिष्ठान र छाया नेपालको संयुक्त पहलमा टेलिमेडिसिन सेवा सञ्चालनमा ल्याइएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan