पर्यटकीय घलेगाउँ
न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १५ बिहीबार |
लमजुङको क्व्होलासोथर गाउँपालिका–३ स्थित पर्यटकीय घलेगाउँ। लमजुङकै पहिलो होमस्टे गाउँका रूपमा परिचित घलेगाउँमा विसं २०५७ मा १२ घरबाट होमस्टे सञ्चालन सुरु भएको थियो। हाल यहाँ ४२ घरमा होमस्टे सञ्चालनमा छन्। प्राकृतिक सौन्दर्य, गुरुङ संस्कृति, मौलिक जीवनशैली तथा स्थानीय परिकारका कारण घलेगाउँ पर्यटकको आकर्षणको केन्द्र बन्दै आएको छ। तस्बिरः जनक श्रेष्ठ/रासस
