Wednesday 23rd of September | २०८३ असोज ७ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बाग्लुङमा वैदेशिक रोजगारसम्बन्धी परामर्श

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ७ बुधबार | (रासस)

बागलुङ ६ असोजः वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रणका लागि बाग्लुङमा स्थानीय तहबाटै परामर्श सेवा सुरु गरिएको छ । पछिल्लो समय वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बागलुङमा उच्च रहेको छ । 

    उनीहरुलाई वैदेशिक रोजगारीका बारेका आवश्यक जानकारी, सीपमूलक तालिम, वित्तीय साक्षरता, रोजगारीका क्रममा आउन सक्ने समस्या समाधान लगायतका सेवा प्रदान गरिएको हो । 

    आर्थिक वर्ष २०८२÷८३ मा बागलुङमा वैदेशिक रोजगारीसँग सम्बन्धित विभिन्न सेवा तथा सीपमूलक कार्यक्रम र तालिममार्फत १६ हजार ४३१  लाभान्वित भएका छन् ।

    जिल्ला प्रशासन कार्यालय बागलुङ तथा इलाका प्रशासन कार्यालय बुर्तिबाङ, सामुदायिक सिकाइ केन्द्र र स्थानीय तहसँगको समन्वयमा सूचना तथा परामर्श सेवा अगाडि बढाइएको हो । 

    कार्यक्रममा राहदानी वितरणसम्बन्धी सहजीकरण, रोजगारीमा देखिएको समस्याको पहिचान, अभिमुखीकरण तथा न्यायमा पहुँचसम्बन्धी सेवा प्रदान गरिएको सुरक्षित आप्रवासन (सामी) कार्यक्रमका जिल्ला संयोजक मीन उपाध्यायले जानकारी दिनुभयो ।  

    जिल्ला प्रशासन कार्यालयबाट सूचना तथा परामर्श सेवा लिनेको सङ्ख्या छ हजार ३५६ रहेको छ । त्यस्तै, इलाका प्रशासन कार्यालयबाट दुई हजार ६०१ जनाले वैदेशिक रोजगारीसम्बन्धी जानकारी लिएका छन् । वैदेशिक रोजगारीमा गएका परिवारका २१० जनालाई वित्तीय साक्षरतासम्बन्धी जानकारी गराइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan