Wednesday 23rd of September | २०८३ असोज ७ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ६ मंगलबार | (रासस)
newsabhiyan

काठमाडौँ, ६ असोज : प्रतिनिधिसभाको बैठकले ‘संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौतामाथि सदनमा छलफल गरियोस’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । 

प्रतिनिधिसभाको आजको बैठकले उक्त सम्झौता सर्वसहमतिले स्वीकृत भएको सभामुख डोलप्रसाद अर्यालले जानकारी दिनुभयो । यसअघि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सो सम्झौताको प्रस्ताव संसद्मा पेस गर्नुभएको थियो । 

यसअघि बैठकमा प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारीले ‘राष्ट्रियसभामा उत्पत्ति भएको सङ्क्रामक पशुरोग (नियन्त्रण) विधेयक, २०८३’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबुल गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan