Wednesday 23rd of September | २०८३ असोज ७ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

शेयर कारोबार पुनः सञ्चालन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ६ मंगलबार | (रासस)
newsabhiyan

काठमाडौँ, ६ असोज : नेपाल स्टक एक्सचेन्ज (नेप्से) का ७२ कारोबार सदस्यको डाटा सेन्टरमा देखिएको प्राविधिक समस्या समाधान भएपछि नेप्सेमा आजदेखि नियमित धितोपत्र कारोबार सञ्चालन हुने भएको छ ।

नेप्सेका सूचना अधिकारी मुराहरी पराजुलीका अनुसार कारोबार सदस्यहरूको डाटा सेन्टरका रूपमा रहेको डाटा हब प्रालिमा देखिएको प्राविधिक समस्या समाधान भएको जानकारी प्राप्त भएपछि आज असोज ६ गतेदेखि नेप्सेमा पूर्ववत् रूपमा कारोबार सञ्चालन गरिने भएको हो ।

नेप्सेले डाटा सेन्टरमा प्राविधिक समस्या देखिएपछि असोज ५ गतेको नियमित कारोबार स्थगित गरेको थियो ।

समस्या समाधान नभएको अवस्थामा कारोबार सञ्चालन गर्दा नेप्सेको कारोबार प्रणालीमा समेत क्षति पुग्न सक्ने जोखिम देखिएपछि कारोबार रोकिएको थियो ।

नेपाल धितोपत्र बोर्डले समेत कारोबार स्थगनको विषयमा अध्ययन तथा जाँचबुझ गर्न नेप्सेलाई निर्देशन दिएको थियो ।

बोर्डले भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुधारका उपायसहितको प्रतिवेदन पेश गर्न निर्देशन दिँदै उपकार्यकारी निर्देशकको नेतृत्वमा पाँच सदस्यीय निरीक्षण टोलीसमेत खटाएको छ ।

डाटा सेन्टरको प्राविधिक समस्या समाधान भएसँगै आजदेखि कारोबार पुनः सञ्चालन हुने भए पनि घटनाको प्राविधिक कारण तथा प्रणालीगत जोखिम भने पहिचान हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan