Monday 21st of September | २०८३ असोज ५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ५ सोमबार |

काठमाडौं, ५ असोज :कपिलवस्तु, कपिलवस्तु नगरपालिका-४ छोड्की तौलिहवास्थित सडकमा लु.प्र ०१-००१ स १२७२ नम्बरको ई-रिक्साको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ८५ वर्षीया कमला थापाको मृत्यु भएको छ । सोमबार बिहान भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल तौलिहवा हुँदै क्रिमसन अस्पताल बुटवलमा थप उपचारको क्रममा सोमबार दिउँसो मृत्यु भएको हो । ई-रिक्सा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दैलेख, दुल्लु नगरपालिका-२ सेतीपानीस्थित सडकमा पानसैनाबाट दुल्लुतर्फ आउँदै गरेको सु.प्र ०२-००१ ह १६५७ नम्बरको अटो अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा अटोमा सवार सोही नगरपालिका-२ बस्ने ७४ वर्षीय राम कामीको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको दुल्लु अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अटो चालक समेत २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan