Sunday 20th of September | २०८३ असोज ४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ४ आइतबार | (रासस-एपी)
newsabhiyan

वाशिङ्टन, ४ असोज : ल्याटिन अमेरिकामा लागुऔषध तस्करीविरुद्ध ट्रम्प प्रशासनले सञ्चालन गरिरहेको अभियानअन्तर्गत अमेरिकी सेनाले शनिबार क्यारिबियन सागरमा लागुऔषध तस्करीमा प्रयोग भएको आशङ्का गरिएको एउटा डुङ्गामा आक्रमण गर्दा चार जनाको मृत्यु भएको छ ।

ट्रम्प प्रशासनले ‘नार्को–आतङ्कवादी’ भन्दै लक्षित गर्न थालेयता अमेरिकी सेनाले डुङ्गामाथि गरेको आक्रमणमा मारिनेको सङ्ख्या पछिल्लो घटनासहित कम्तीमा २३१ पुगेको छ । पूर्वी प्रशान्त महासागर र क्यारिबियन सागरमा भएका यस्ता ६९ वटा आक्रमणमा ती मानिस मारिएको जनाइएको छ ।

अमेरिकी दक्षिणी कमाण्ड (युएस सदर्न कमाण्ड) ले तस्करीका लागि परिचित समुद्री मार्गमा लागुऔषध तस्करलाई लक्षित गरी कारबाही गरिएको जनाएको छ । यद्यपि, आक्रमण गरिएको डुङ्गामा लागुऔषध ओसारपसार भइरहेको पुष्टि हुने प्रमाण सेनाले सार्वजनिक गरेको छैन ।

कमाण्डले सामाजिक सञ्जाल ‘एक्स’ मा सार्वजनिक गरेको भिडियोमा समुद्रमा अघि बढिरहेको जस्तो देखिने एउटा डुङ्गा र त्यसपछि देखिएको चम्किलो प्रकाशको दृश्य देखिन्छ ।

ट्रम्प प्रशासनले ल्याटिन अमेरिकी देशहरूको भूमिमा समेत लागुऔषध तस्करीविरुद्ध सैन्य कारबाही विस्तार गर्न सहयोगी राष्ट्रसँग सहकार्यको प्रयास गरिरहेको छ ।

रक्षामन्त्री पिट हेगसेथले गत महिना पानामाको भ्रमणका क्रममा कोलम्बिया, ग्वाटेमाला र होन्डुरसले अमेरिकी सेनालाई आफ्नो भूमिमा आपराधिक समूहविरुद्ध संयुक्त सैन्य कारबाही गर्न अनुमति दिन सहमति जनाएको बताउनुभएको थियो तर ग्वाटेमालाले भने त्यस्तो कुनै सम्झौता भएको अस्वीकार गरेको छ ।

इक्वेडरले भने मार्चमै अमेरिकासँग सहकार्य गरी यस्तै प्रकारका सैन्य अभियान सञ्चालन गरेको थियो ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले ल्याटिन अमेरिकामा सक्रिय लागुऔषध गिरोहसँग ‘सशस्त्र द्वन्द्व’ गरिरहेको बताउनुभएको छ । अमेरिकामा भित्रिने लागुऔषधको प्रवाह र अत्यधिक सेवनबाट हुने मानवीय क्षति रोक्न यी आक्रमण आवश्यक रहेको भन्दै उहाँले कारबाहीको बचाउ गर्दै आउनुभएको छ ।

यद्यपि, प्रशासनले आक्रमणमा मारिएका व्यक्तिहरू लागुऔषध तस्करीमा संलग्न रहेको दाबी पुष्टि गर्ने विस्तृत प्रमाण सार्वजनिक गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan