Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

रोजगार मेलामार्फत १६४ लाई रोजगारी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असार १ सोमबार | (रासस)

सुरुङ्गा (झापा), १ असारः यहाँस्थित आयोजना भएको  ‘बिर्तामोड रोजगार मेला’ मार्फत १६४ युवाले रोजगारी  प्राप्त गरेका छन् । .

काम गर्न इच्छुक एक हजार ७६ आवेदकले निवेदन दर्ता गराएकामध्ये पहिलो चरणमै १६४ व्यक्तिले रोजगारी प्राप्त गरेका हुन् ।

बिर्तामोड नगरपालिकाले आयोजना गरेको दुईदिने उक्त मेला रोजगारदाता र बेरोजगार व्यक्तिबीच प्रत्यक्ष समन्वय गराउने उद्देश्यले भएको नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाईंले जानकारी दिनुभयो । 

मेलामा विभिन्न क्षेत्रका २५ रोजगारदाता सङ्घसंस्थाका प्रतिनिधिले सहभागिता जनाएका थिए ।

एक हजारभन्दा बढी आवेदकलाई आगामी दिनमा थप रोजगारीका अवसरसँग जोड्न पहल गरिने बिर्तामोड उद्योग वाणिज्य सङ्घले जनाएको छ । 

बिर्तामोडस्थित अतिथि सदनमा शनिबारदेखि सुरु भएको मेलामा दुई हजार ८७१ जनाले अवलोकन गरेको बिर्तामोड उद्योग वाणिज्य सङ्घका कार्यवाहक अध्यक्ष निर्मल भट्टराईले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan