Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे

न्यूजअभियान | प्रकाशित मिति : २०८३ जेठ १३ बुधबार | (रासस)
newsabhiyan

काठमाडौँ, १३ जेठः वैदेशिक रोजगारमा जाने नेपाली कामदारको नयाँ श्रम स्वीकृति लिनेको सङ्ख्या घटेको छ भने पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या वृद्धि भएको छ ।

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आज प्रतिनिधिसभाको बैठकमा प्रस्तुत गर्नुभएको आर्थिक सर्वेक्षण २०८२/८३ को तथ्याङ्कअनुसार वैदेशिक रोजगारमा जान नयाँ श्रम स्वीकृति लिने नेपाली कामदारको सङ्ख्या १३.७ प्रतिशतले सङ्कुचन भई दुई लाख ७३ हजार ५३० रहेको देखाएको हो । 

त्यसैगरी यस आर्थिक अवधिमा वैदेशिक रोजगारमा जान पुनःश्रम स्वीकृति लिने नेपाली कामदारको सङ्ख्या १५.९ प्रतिशतले वृद्धि भई दुई लाख ५१ हजार ९८३ पुगेको छ ।

यस अवधिमा नयाँ र पुनः श्रम स्वीकृति लिने कामदारको सङ्ख्या पाँच लाख २५ हजार ५१३ पुगेको छ । यसमध्ये, महिला १२.१ प्रतिशत र पुरुष ८७.९ प्रतिशत रहेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा नयाँ र पुनःश्रम स्वीकृति लिने कामदारको सङ्ख्या पाँच लाख ३४ हजार ४७१ रहेको थियो ।

सर्वेक्षणले आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारमा जान नयाँ श्रम स्वीकृति लिने नेपाली कामदारको सङ्ख्या १०.० प्रतिशतले बढेर पाँच लाख पाँच हजार ९५७ र पुनः श्रम स्वीकृति लिने नेपाली कामदारको सङ्ख्या १८.५ प्रतिशले बढेर तीन लाख ३३ हजार ३०९ पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan