यस्तो छ संगितकार राजकुमार बगरको भित्रिपाटो | न्यूज अभियान टिभीसँगको कुराकानी
न्यूज अभियान टेलभिजन संग कुराकानीका क्रममा केहि भित्रीकुरा पनि खोलेका छन । के कुरा खोलेका छन त ? यसका लागि माथिकोको भिडियोमा बिस्तृत हेर्न नभुल्नुहोला ।
काठमाडौं । राजकुमार बगर नेपाली साङ्गितिक आकाशका एक नक्षत्र, २०३२ साल फाल्गुन २९ गते स्याङजामा जन्मिएका बगरले नेपाली साङ्गितिक क्षेत्रमा अतुलनिएका योगदान दिएका छन ।
उडेर जुन छुन्छु भन्थे बोलको गितको शब्द लेखेपछि एकाएक चर्चामा आएका बगरले संगितकारको रुपमा पनि आफुलाई अब्बल साबित गरेरै छाडे ।
तर शब्दमा खेल्ने बानी परेका बगरलाई संगित भर्नु फलामको चिउरा चपाए सरह नै थियो । तर त्यो चुनौतिलाई पार गर्दै बगरले गायिका अञ्जु पन्तको स्वरुमा सजिएको तिमीलाई आफ्नो भन्ने बोलको गितमा संगित भरे, अग्नि परिक्षाको रुपमा हेरिएको बगरको संगितले एकाएक सबको मनमुटु छोयो ,गितले सर्बत्र चर्चापनि बटुल्यो।
चौतर्फी रुपमा गितको वाह वाह पाएपछि बगर झनै हौसिए । गितबारबाट संगितकारको रुपमा स्थापित भएका बगरले आधुनिक,लोकदोहोरी लगायत झण्डै २ सय भन्दा बढी गितमा संगित भरिसकेका छन ।
फल स्वरुप बगरले दर्जनौ सम्मान पाईसकेका छन । सरल एबम मिजासिला स्वभाबका बगरका एक छोरा र एक छोरी छन ।
काठमाण्डौको अनामनगर स्थिति त्रिबेणी डिजिटल रेकर्डिङ स्टुडियोको संञ्चालक समेत रहेका बगर फुर्सदका बेला खाना पकाउन श्रीमतीलाई पनि सघाउने गर्छन । प्राय: केटा मान्छेहरु किचेन भनेपछि हैरान हुन्छन तर बगर खाना पकाउन पनि पछि पर्दैनन , उनले बंगुरको मासुको परीकार एकदमै मिठो पकाउँछन ।
