Thursday 17th of September | २०८३ असोज १ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

10 Anniversary of Nilo Aakash Cooperative

न्यूजअभियान | प्रकाशित मिति : २०७४ भदौ १८ आइतबार | २६२८ पटक हेरिएको

काठमाण्डौमा स्थापना भएका सहकारीहरुको विचमा आफ्नो छुटै पहिचान बनाउन सफल भएको निलो आकाश बचत तथा ऋण सहकारी संस्थाको दशौं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सहकारी तथा गरिवी निवारण मन्त्री माननिय अम्बीका बस्नेतको प्रमुख आतिथ्य तथा संस्थाको अध्यक्ष निमनाथ फुँयालको सभापतित्वमा सम्पन्न भएको छ ।

तिनकुने स्थित ताज ब्यान्क्वेटमा सम्पन्न भएको उक्त वार्षिक साधारण सभामा करिब ८० प्रतिशत भन्दा बढी शेयर सदस्यहरुको उपस्थित रहेको थियो ।

उक्त अबसरमा जेष्ठ नागरिक हरुलाई सम्मान तथा शेयर सदस्यहरुको छोरा छोरी तथा शेयर सदस्यहरुले एसइइ र बाह्र कक्षामा उत्कृष्ठ अंक ल्याई पास भएका विद्यार्थीहरुलाई पनि नगद सहित सम्मान गरेको थियो ।

संस्थाले २१ करोड भन्दा बढीको कारोबार बरेको साथै करिब ९०० जना शेयर सदस्यहरु भई सकेको उक्त कार्यक्रममा बताईएको थियो ।


विभिन्न वक्ताहरुले यस सहकारीले छोटो समयमै उल्लेख्य काम गर्न सकेकोमा हार्दिक बधाईको साथमा उत्तरोतर प्रगतिको कामना गर्नु भएको थियो । 

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan