Thursday 17th of September | २०८३ असोज १ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

Shweta Shree Foundation received $ 20,000 from the Dhaka Club Limited, Bangaladesh

न्यूजअभियान | प्रकाशित मिति : २०७४ भदौ १५ बिहीबार | २८३७ पटक हेरिएको

सिन्धुपाल्चोक जिल्ला, चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ भ्याँडी माझी वस्तीमा स्व. श्रीकृष्ण श्रेष्ठको श्रीमती नायिका श्वेता खड्काको पहलमा श्वेताश्री फाउण्डेशनले निर्माण गर्दै गरेको एकिकृत नमुना माझी बस्ती विकास परियोजनाको सामूदायिक भवन निर्माणको लागि बंगलादेशको १ नं. स्थापित सामाजिक संस्था ढाका क्लब लि.ले २० हजार डलरको चेक हस्तानतरण गरेको छ ।

बस्तीमै पुगेर क्लबका कार्यकारी अधिकृत जाहिरुल आलिमले श्वेताश्री फाउण्डेशनका सल्लाहकार प्रेम खत्रीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।

उक्त सहयोग प्रप्त गरेपछि खत्रीले ढाका क्लबबाट प्राप्त उक्त रकमलाई सही ठाउँमा सदुपयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै क्लबलाई धन्यवाद दिएका थिए । सहयोगि दाता आलिमले भूकम्पले माझी बस्तीलाई पुर्याएको क्षति देखेर आर्थिक सहयोग गरेको खुलाए । भूकम्पबाट प्राभावित ५६ माझी घरहरुमध्ये दश वटा घरको जग बसालि सकेको छ ।

‘हामी चाँडै नै तपाईंहरु घरमा बसेको हेर्न चाहान्छौं, चेक हस्तान्तरण कार्यक्रममा बोल्दै श्वेताश्री फाउण्डेशनका सचिव यज्ञराज कार्कीले भने, ‘हामी घर भन्दा पनि शहर बनाउँदैछौं । त्यसैले केही समय लागिरहेको हो । यो बस्ती हामीले होइन तपाईहरुले बनाउँदै हुनुहुन्छ ।’

जहाँबाट जस्तो प्रकारले सहयोग आएको छ त्यो सहि ठाउँमा सहि तरिकाले सदुपयोग हुने भएकोले दातालाई तपाइहरुकै सामू ल्याएर तपाईहरुकै विचमा सहयोग हस्तानतरण गर्न लगाएको हुदाँ ढुक्क भएर आफ्नो घर आफै बनाउन अगाडी बढ्न अनुरोध गर्नु भयो साथै सहयोग रकमहरु दुपयोग नहुने प्रतिवद्धता पनि जाहेर गर्नु भएको थियो ।

एउटा घर तयार हुन ७ लाख १२ हजार लाग्ने छ । ७ लाख फाण्डेशनले बेहोर्ने छ भने थप नपुग १२ हजार ठेकेदार कम्पनीले नै सहयोग गर्ने जानकारी यज्ञ कार्कीले दिनु भएको छ ।


दिनेश माझिको सभापतित्वमा भएको उक्त कार्यक्रम मिलन माझिले सञ्चालन गर्नु भएको थियो । उक्त कार्यक्रममा स्थानिय तथा पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan