Thursday 29th of October | २०८३ कार्तिक १२ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

वैकल्पिक बाटो तय भएसँगै पदमार्ग पुनः सञ्चालनमा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १२ बिहीबार |

रसुवा, १२ कात्तिकः लाङटाङ उपत्यका पदमार्ग (ट्रेक) वैकल्पिक बाटो तय भएसँगै पुनः सञ्चालनमा आएको छ । 

    बाढीले पासाङ ल्हामु राजमार्ग र परम्परागत प्रवेशद्वार स्याफ्रुबेँसी क्षेत्रको पूर्वाधारमा क्षति पु¥याए पनि पदयात्रीहरूको सुरक्षालाई ध्यानमा राख्दै नयाँ पर्यटकीय मार्गहरू खुला गरिएको हो ।

     भोटेकोशी नदीमा आएको आकस्मिक बाढी का कारण  अवरुद्ध बनेको विश्वप्रसिद्ध पदमार्ग (ट्रेक) ढिलै भए पनि सञ्चालनमा आउदा स्थानीयवासी भने खुसी भएका छन् ।

    ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) र स्थानीय तहको सक्रियतामा बाढी प्रभावित क्षेत्रलाई छल्ने गरी सुरक्षित वैकल्पिक मार्गहरू निर्माण गरिएका छन् ।  

    हाल पर्यटकहरूका लागि जिल्ला सदरमुकाम धुन्चेबाट ठूलो भार्खु, ब्राबल, ठूलो स्याफ्रु हुँदै बम्बो, लामा होटल र लाङटाङगाउँ पुग्ने वातावरण मिलाइएको छ । 

    लाङटाङ क्षेत्रको स्थलगत अवस्थाबारे जानकारी दिँदै गोसाइँकुण्ड गाउँपालिका–४ का वडाध्यक्ष डिण्डु ज्याङ्बा तामाङ भन्नुहुन्छ, “विपत्तिका कारण बाटोघाटोमा केही समस्या आए पनि हाल वैकल्पिक मार्ग पूर्ण रूपमा सुरक्षित बनाइएका छौँ । 

    लाङटाङ उपत्यकाका चियाघर (टी–हाउस), होटल तथा स्थानीय व्यवसायीहरू पर्यटकको स्वागतका लागि पूर्ण तयारीका साथ बसेका छन् । पदयात्रीहरू ढुक्क भएर आउँदा हुन्छ ।” 

    वडाध्यक्ष तामाङले प्राकृतिक विपत्तिपछि तङ्ग्रिन खोजिरहेको लाङटाङको अर्थतन्त्रलाई गति दिन र प्रभावित रैथाने तामाङ समुदायको आर्थिक पुनःरुत्थानमा आन्तरिक तथा बाह्य पदयात्रीको आगमन निकै महत्वपूर्ण हुने उल्लेख गर्नुभयो । 

    प्राकृतिक विपत्तिले स्थानीय पर्यटन व्यवसाय र जीविकोपार्जनमा ठूलो धक्का पु¥याए पनि पदमार्ग खुला भएसँगै स्थानीय चियाघर, पथप्रदर्शक (गाइड) र भरियामा नयाँ उत्साह पलाएको छ ।  

    हिमाल आरोहण र पदयात्राको यस सिजनमा सुरक्षित तवरले यात्रा गर्न र स्थानीय समुदायको आर्थिक पुनर्निर्माणमा योगदान पु¥याउन सरोकारवालाले पदयात्रीलाई निमन्त्रणा समेत गरेका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan