Monday 26th of October | २०८३ कार्तिक १० सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

आईएसएफ फुटबल विश्वकप २०२६ मा नेपाल २९औँ स्थानमा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १० सोमबार |

सुजोउ, चीन । चीनको सुजोउमा अक्टोबर १७ देखि २६ सम्म आयोजित आईएसएफ फुटबल विश्वकप २०२६ मा नेपालको यू–१८ छात्र फुटबल टोली २९औँ स्थानमा रहँदै प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगिताको सुरुवाती खेलहरूमा कठिन चुनौती सामना गरेको नेपालले अन्तिम दुई खेलमा लगातार जित निकालेको थियो ।

नेपालले अक्टोबर १९, २० र २१ मा क्रमशः टर्की, हङकङ चाइना र चिलीसँग समूह चरणका खेल खेलेको थियो। पहिलो खेलमा नेपाल टर्कीसँग १२–० ले पराजित भयो । दोस्रो खेलमा हङकङ चाइनासँग ६–३ र तेस्रो खेलमा चिलीसँग ७–१ को हार व्यहोरेको थियो।

समूह चरणपछि वर्गीकरण चरणका खेलमा नेपालले अक्टोबर २२ मा आयरल्यान्डसँग र अक्टोबर २३ मा क्युबेकसँग प्रतिस्पर्धा गरेको थियो। दुवै खेलमा नेपाल क्रमशः ८–० गोलअन्तरले पराजित भयो।
अक्टोबर २४ मा भारतको दोस्रो टोलीलाई ६–३ गोलअन्तरले पराजित गर्दै नेपालले प्रतियोगितामा पहिलो जित दर्ता ग¥यो।

भारतविरुद्धको जितमा नेपालको जर्सी नम्बर १० का स्ट्राइकर तेन्जिङ शेर्पाले उत्कृष्ट प्रदर्शन गर्दै चार गोल गरे। त्यस्तै, जर्सी नम्बर १९ का प्रशान्त मेन्याङ्बो र जर्सी नम्बर २० का क्रिस्चल थापाले एक–एक गोल थपे। तेन्जिङको प्रभावशाली प्रदर्शन नेपालका लागि जितको प्रमुख आधार बन्यो।

त्यसपछि अक्टोबर २५ मा नेपालले हाइटीलाई पेनाल्टी सुटआउटमा ५–३ ले पराजित गर्दै लगातार दोस्रो जित हासिल ग¥यो। पेनाल्टीमा तेन्जिङ शेर्पा, भविष्य शाह, संयुग राई, इज्याक शाही र इभान रत्न तुलाधरले गोल गरे।

प्रतियोगिताको छात्रतर्फको फाइनलमा क्रोएसियाले पेनाल्टी सुटआउटमा गिनीलाई ४–० ले पराजित गर्दै उपाधि जित्यो। छात्रातर्फको फाइनलमा चीनको टोली ‘चाइना १’ ले जर्मनीलाई ५–१ गोलअन्तरले हराउँदै उपाधि हात पा¥यो।

नेपालका लागि यो प्रतियोगिता अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा प्रदर्शन गर्ने, अन्य राष्ट्रका खेलाडीसँग प्रतिस्पर्धात्मक अनुभव हासिल गर्ने र आगामी प्रतियोगिताका लागि सिक्ने महत्त्वपूर्ण अवसर बनेको नेपाल विद्यालय खेलकुद महासंघ (एनएसएसएफ) का महासचिव राजकुमार कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan