Sunday 18th of October | २०८३ कार्तिक २ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भारतमा ट्रक दुर्घटना, १२ जनाको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २ आइतबार | (रासस/एएनआई)

भारतको मध्य प्रदेशस्थित ग्वालियरमा शीतला माता मन्दिर नजिकै धान बोकेको अनियन्त्रित ट्रकले तीर्थयात्रीहरूलाई ठक्कर दिँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने अन्य २७ जना घाइते भएका छन् । घाइतेमध्ये पाँचदेखि छ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताएका छन् ।

    वरिष्ठ प्रहरी अधीक्षक धर्मवीर सिंहका अनुसार आइतबार बिहान करिब १ः३० बजे चिनोरबाट मन्दिरतर्फ आउँदै गरेको ट्रकले ठाडो ओरालोमा नियन्त्रण गुमाएको थियो । ट्रकले प्रहरीका अवरोध तोड्दै तीर्थयात्रीहरूलाई ठक्कर दिएपछि मन्दिरको बाहिरी पर्खाल र ढोकामा समेत ठोक्किएको थियो । उक्त सडकमा भारी सवारीसाधन चलाउन प्रतिबन्ध लगाइएको थियो ।

    दुर्घटनापछि ३९ जनालाई अस्पताल पु¥याइएको र तीमध्ये १२ जनाको मृत्यु भएको सिंहले जानकारी दिनुभयो । घटनामा ड्युटीमा रहेका दुई प्रहरी कर्मचारीसमेत घाइते भएका छन् ।

    ग्वालियरकी जिल्ला अधिकारी रुचिका चौहानले उद्धारका लागि तत्काल एम्बुलेन्स र अन्य सवारीसाधन पठाइएको बताउनुभयो । दुर्घटनाको कारण पत्ता लगाउन ट्रकको प्राविधिक परीक्षण गरिने र नवरात्रका बेला राखिएका प्रहरी अवरोध तथा जाँच चौकी पार गरेर ट्रक कसरी सडकमा प्रवेश गर्‍यो भन्ने विषयमा अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।

    एक प्रत्यक्षदर्शीले ट्रकमा क्षमताभन्दा बढी भार रहेको दाबी गर्दै त्यसले पसल र मानिसहरूलाई ठक्कर दिएको बताए । उनका भाइसमेत दुर्घटनामा घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan