Friday 16th of October | २०८३ असोज ३० शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भूमिहीन दलित परिवारलाई लालपुर्जा वितरण

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ३० शुक्रबार | (रासस)

रुपन्देही, ३० असोजः जिल्ला भूमि समस्या समाधान समितिले गैडहवा गाउँपालिका–८ र ९ का १६ भूमिहीन दलित मुसहर परिवारलाई जग्गाधनी प्रमाणपत्र  वितरण गरेको छ । 

समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, गाउँपालिका अध्यक्ष सुरेन्द्र पौड्याल र प्रमुख नापी अधिकृत मणिप्रसाद रेग्मीलगायतले उनीहरूलाई आज लालपुर्जा हस्तान्तरण गर्नुभएको हो । 

प्रमुख जिल्ला अधिकारी अर्यालले जिल्ला भूमि समस्या समाधान समितिले काम सुरु गरेपछि रुपन्देहीमा पहिलोपटक भूमिहीन दलित परिवारलाई लालपुर्जा वितरण गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा १० हजार भूमिहीन सुकुम्बासी र ७२ हजार अव्यवस्थित बसोबासी सूचीकृत छन् ।

गाउँपालिका अध्यक्ष पौड्यालले भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्ने उद्देश्यले गाउँपालिकाले प्रत्येक वर्ष रु एक करोड बजेट विनियोजन गर्दै आएको जानकारी दिनुभयो । 

गाउँपालिकामा चार हजार ५०० भूमिहीन तथा अव्यवस्थित बसोबासी सूचीकृत भएका र उनीहरूलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाइएको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan