Sunday 4th of October | २०८३ असोज १८ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘भूगोलका सपनाहहरु’ निबन्ध सङ्ग्रह लोकार्पित

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १७ शनिबार |

काठमाडौँ, १७ असोजः साहित्यकार नम्रता गुरागाईंको ‘भूगोलका सपनाहरू’ निबन्ध सङ्ग्रह लोकार्पण तथा परिचर्चा गरिएको छ ।

    युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानले आज आयोजना गरेको समारोहमा भाषाविद् तथा निबन्धकार प्रा डा माधवप्रसाद पोखरेल, पूर्वमन्त्री शान्ता मानवीलगायतले संयुक्त रूपमा कृति लोकार्पण गर्नुभएको हो । प्रा डा पोखरेलले कृतिले नेपाली अस्मिता भूगोल बाहिर पुगे पनि नछुट्ने पुष्टि गरेको बताउँदै नेपाली भाषाका प्रकाशित कृतिलाई डिजिटल अभिलेखीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।

    कृतिमाथि समीक्षा गर्दै समालोचक डा गीता त्रिपाठीले निबन्धहरूमा कोमल अनुभूति, प्रतिरोधी चेतना, सरल भाषामा विचार अभिव्यक्ति तथा नारी जीवनका विविध पक्ष प्रस्तुत गरिएको बताउनुभयो । उहाँले निबन्धहरू आत्मपरक, आख्यानात्मक र संस्मरणात्मक रहेको उल्लेख गर्नुभयो ।

    समालोचक डा फणीन्द्रराज निरौलाले अमेरिकामा रहेर पनि नेपाली भाषा–साहित्यमा निरन्तर योगदान दिँदै आउनुभएकी गुरागाईंको यो तेस्रो कृति भएको बताउनुभयो । सङ्ग्र्रहमा २६ निबन्ध छन् । ती निबन्धमा स्वदेश तथा विदेशका जीवनभोगाइ, पारिवारिक सम्बन्ध, संस्कृति, स्मृति र मानवीय संवेदना प्रस्तुत गरिएको छ । प्रतिष्ठानका अध्यक्ष प्रा डा लेखप्रसाद निरौलाले निबन्धमा विचार, स्मृति र अनुभूतिको विविधता रहेको बताउनुभयो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan