Sunday 4th of October | २०८३ असोज १८ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

 वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १२ सोमबार |

हुम्ला, १२ असोजः निरन्तर वर्षा एवं हिमपातले यहाँको जनजीवन प्रभावित भएको छ ।  जिल्ला सदरमुकाम सिमकोटसहित अधिकांश क्षेत्रमा फोन तथा इन्टरनेट सेवा अवरुद्ध समेत भएको छ । 

    अग्ला स्थानमा रहेका टेलिफोन तथा इन्टरनेट टावरमा जडान गरिएका सोलार प्रणालीले काम नगरेपछि सञ्चार सेवा प्रभावित भएको छ । सञ्चार सेवा अवरुद्ध हुँदा स्थानीय तह, सुरक्षा निकाय तथा अन्य सम्बन्धित कार्यालयसँग समन्वय गरी क्षतिको विवरण लिन समस्या भएको छ ।

    वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा विद्यालय भवनमा क्षति पुग्नुका साथै सडक अवरुद्ध भएको बताइएको छ । निरन्तर वर्षासँगै सिमकोटसहित हिमपातसमेत भएको छ । हिल्सा नाका हिमपातका कारण पूर्णरूपमा अवरुद्ध रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan