Tuesday 13th of October | २०८३ असोज २७ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सयौं हिन्दुवादी कार्यकर्ताहरुलाई प्रहरीले पक्रियो

न्यूजअभियान | प्रकाशित मिति : २०७२ चैत १४ आइतबार |
newsabhiyan

काठमाडौं । नयाँ बन्ने संविधानमा नेपाल हिन्दु राष्ट्र हुनुपर्ने माग गर्दै विरोधमा उत्रिएका हिन्दुवादी कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
 
हिन्दुवादी कार्यकर्ताहरुले संविधानसभा भवन वानेश्वरमा विरोध प्रर्दशन गरिरहेका बेला  सयौं  हिन्दुवादी कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
 
यसरी प्रहरीको नियन्त्रणमा पर्नेहरुमा नेपाली कांग्रेसका नेता हरिबोल भट्टराई , नेपाली कांग्रेसका नेता शंकर पाण्डे, सागर कटुवाल, प्रेम निधी, खेम आर्चाय, देवी आचार्य, दीपक सुवेदी,रुवयनाथ कोइराला लगायत रहेका छन् । उनीहरुले कालो पोशाक लगाएर विरोध जनाएका थिए ।
 
कालो पोशाक लगाएर  हातमा राष्ट्रिय झण्डा र ओम लेखेको झण्डा लिएका सयौं हिन्दुवादीहरुलाई पक्रिएर महाराजगंज स्थित विरेन्द्र प्रहरी अस्पतालको पछाडि रहेको प्रहरी ब्याण्डको क्याम्पमा राखेको छ । 
 
हामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ हामी नेपाललाई हिन्दु राष्ट्र  नबनाएसम्म आन्दोलन रोक्दैनौं आन्दोलनको नेतृत्व गरिरहेका सागर कटुवालले न्युज अभियान डटकमलाई भने । 
 
विरोध कार्यक्रमको आयोजना विभिन्न  हिन्दु वादी संघ संस्थाहरुले गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan