• FB
  • FB
  • FB
Tuesday 28th of February | २०७३ फाल्गुण १७ मंगलबार

समाज परिवर्तनको लागि केही गर्दैछौं । तपाइ नी ?

साना–साना काम गरेर पनि ठूला–ठूला परिवर्तनहरु गर्न सकिन्छ

न्यूजअभियान | प्रकाशित मिति : २०७२ चैत १४ आइतबार
newsabhiyan

असहाय, टुहुरा, गरिव बालबालीकाहरुको, शिक्षा तथा स्वास्थ्यको लागि सहयोगार्थ
न्यूज अभियान अक्षय कोष
 
अपिल ! 
शिक्षा र स्वास्थ्य सम्मुनत समाज निर्माणका लागी एक सिक्काका दुई पाटा हुन । जव सम्म शिक्षा र स्वास्थ्य कार्यक्रम गरिविको रेखामुनी रहेका र दुर्गम बस्तीहरुमा पुग्दैन तव सम्म सम्मुनत समाजको परिकल्पना गर्न सकिदैन । 
हामी गरेर देखाउन चाहान्छौं भनेर होईन त्यसैले नेशनल भिजन मिडिया ग्रुपले शुरु गरेको न्यूज अभियान अक्षय कोषमा यहाँको पनि सक्रिय सहभागिता रहोस भनि अपिल गर्दछौं । जसले जहाँबाट जसरी सहयोग गरेको छ हामी सम्पूर्ण अपडेट न्यूज अभियान डटकम् तथा सामाजिक सञ्जालहरु मर्फत सार्वजनिक गरिरहेका हुनेछौं ।
 
सम्पूर्ण अपडेट हेर्नको लागि
Twitter: @newsabhiyan हेर्न सक्नुहुनेछ ।
 
न्यूज अभियान अक्षय कोषद्धारा विभिन्न स्थानमा गरिका सामाजीक कामहरुको छोटकरी विवरण ।
समाजमा साना–साना काम गरेर पनि ठूला–ठूला परिवर्तनहरु गर्न सकिन्छ । सम्मुनत समाज निर्माणको लागि हामी केही गर्दै छौं ............
न्यूज अभियान अक्षय कोष र हाम्रो फ्रेण्डशिप फोरम नेपालको संयुक्त आयोजना र स्थानिय संस्था शहरी गरिब शशक्तिकरण समूहको संयोजनमा विरगञ्जमा गरिब, असाहय बाल बालिकाहरुलाई शैक्षिक सामाग्री तथा जाडोको न्यानो लत्ताकपडा वितरण । 
. बीरगञ्ज उपमहानगरपालिकाभित्रका भगवतीटोलस्थित गोसाई समूदायका ३० जना बालबालीकाहरुलाई शैक्षिक सामाग्रीहरु वितरण ।
 
२. छपकैया १ स्थित शान्ती टोलका बालबालीका तथा महिलाहरुलाई विभिन्न व्यक्तिहरु (तेज कुमारी श्रेष्ठ, हेमन्ता श्रेष्ठ, छायाचन्द्र भण्डारी, सराश्वती श्रेष्ठ, हाम्रो फ्रेण्डशिप फोरम नेपाल लगाएत)बाट संकलित जाडोको न्यानो लत्ताकपडाहरु वितरण ।
 
३. छपकैया २ स्थित श्री ताराचन्द्र किसनलाल निम्न मा.वि.मा निर्मित बाल मैत्री चर्पी संचालनको लागि ट्याञ्की वितरण । (दुबईमा कार्यरत बिशाल पहाडीबाट रु १० हजार र साउदी अरबमा कार्यरत मोहन महर्जनबाट रु ५ हजार हाम्रो फ्रेण्डशिप फोरम नेपाल मार्फत प्राप्त)
 
४. श्री ताराचन्द्र स्कुलमा अध्ययनरत कक्षा ५ सम्मका ४० जना छात्राछात्रहरुलाई शैक्षिक सामाग्र वितरण ।
 
५. कुम्हालटोल वार्ड नं. ६ स्थित बीरगञ्ज कारागार भित्र स्थापीत समता स्कूल (जहाँ कैदीहरुका बालबच्चालाई पढाईन्छ)लाई दिगो रुपमा सञ्चालन गर्ने हेतुले अक्षयकोष स्थापनार्थ न्यूज अभियान अक्षय कोषको तर्फबाट सागर श्रेष्ठ, हाम्रो फ्रेण्डशिप फोरम नेपालको तर्फबाट यज्ञराज कार्कीद्धारा संयुक्त रुपमा एक–एक हजार प्रदान गरी स्थापना गरेको कोषमा तत्काल साउदी अरेवियामा कार्यरत मोहन महर्जनबाट ५ हजार, पोखरा निवासी देवलाल गिरीबाट ५ हजार, गरिवी निबारणको तर्फबाट २० हजार, डा. दिपक शाक्यको तर्फबाट १० हजार लगायत धेरैजनाले उक्त अक्षय कोषको लागि आर्थिक सहयोग हस्तानतरण गर्नु भएको थियो । उक्त दिन करिब ७० हजार रकम उठेको थियो ।  
. बीरगञ्जमा स्थापित करिब १७० ओटा बोडिङ्ग स्कूलका सञ्चालकहरु, प्याबसन र एन प्याबसन, न्यूज अभियान अक्षय कोष, हाम्रो फ्रेण्डशिप फोरम नेपाल, यूप्सको प्रतिनिधीहरुको उपस्थितीमा एक बैठक बसि विविध विषयमा छलफल गरि गरिब, असाहय, टुहुरा बालबच्चाहरुलाई बोडिङ्ग स्कूलमा निःशुल्क शिक्षा प्रदान गर्नलाई प्रारम्भीक चरणमा १० जना बालबालिकाहरुलाई भर्ना गर्ने सम्बन्धमा सहमति गरियो । 
७. बोर्डरमा रहेको पशुपति नगरको अति विपन्न वर्गका करिब ४० जना बालबालिकाहरुलाई शैक्षिक साम्राग्री वितरण । 
८. काठमाण्डौको पेप्सीकोलामा स्थापित अटिजम बालबालिकाहरुको हेरचाह गर्ने संस्थामा त्याहां रहेको बालबालिकाहरुको बारेमा अबलोकन तथा अध्ययन अनुसन्धान गरि रिर्पोट तयार गरि सहयोग गर्न पहल । 
. काठमाण्डौको शान्तिनगरमा रहेको निःसाहय सेवा सदनको बृद्ध–बृदाहरुलाई देवघाट तिर्थ अबलोकन भ्रमण गराई उनिहरुको मनोआकंक्षा पुरा गराएको ।  
 
काठमाण्डौं । नेशनल भिजन मिडिया गु्रपद्धारा सञ्चालित न्यूज अभियान डट कमले प्रशारण गरेको भिडीयो रिर्पोट हेरेर लेखनाथ नगरपालिका–१७ कांस्की निवासी हाल जापानमा रहनु भएका बल बहादुर नेपालीबाट आप्mनो बाजे स्व. विर बहादुर नेपालीे, बज्यै स्व. विवा नेपालीको आत्मा शान्तिको लागि भन्दै सहयोग गर्नु भएको छ  ।
 
त्यसै गरि सिन्धुपाल्चोक घर भई हाल साउदी अरेवियामा रहनु भएको दोन्सार बहादुर श्रेष्ठबाट प्राप्त रकम बाट चामल, तेल, चिनी, व्याल्ङ्केट, कपी, डट्पेन, ज्याकेट, दाल, नून, थर्माकोट सेट एक समारोहको बिच नेशनल भिजन मिडिया गु्रपको कार्यलयमा राष्ट्रिय अनलाईन पत्रकार संघका अध्यक्ष मुकुन्द ढुङ्गानाबाट  ब्राइट नेपालका अध्यक्ष पुनम देवलाई काभ्रेपलाञ्चोक चौबास गा.वि.स.को कोड्का निवासी वृद्ध झलक बहादुर पहरी र नातीको लागी सहयोग स्वरुप हस्तान्तरण गर्नेगरी हस्तान्तरण गरियो ।
 
स्मरण रहोस ब्राईट नेपालले उक्त स्थानमा पटक पटक भूकम्प पिडितहरुलाई राहत तथा स्वास्थ्य शिविर सञ्चालन गरि सकेको छ ।
 
अक्षयकोषको पहलमा भूकम्प पिडितलाई राहत वितरण 
न्यूज अभियान अक्षयकोष र ठूलोसिरुवारी समाजको पहलमा सेब्स, न्यानोपन र सगरमाथा नेपाली महिला समूह टेक्सास अमेरिकाको सहयोगमा सिन्धुपाल्चोकको ठूलोसिरुवारी गा.वि.स.का भूकम्प पिडितहरुलाई ब्लाङकेट, मण्डी, न्यानो टोपी, लत्ताकपडा आदी वितरण गरियो । 

 

एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अभियान डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan