Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेपाललाई हिन्दु राष्ट्र बनाउन भारतमा आन्दोलन शुरु - भिडियो

राजा होईन धर्म बचाउन लागेका हौं : कालि बाबा

न्यूजअभियान | प्रकाशित मिति : २०७२ चैत १४ आइतबार |
newsabhiyan

जनता रुवाएर संविधान जारि गर्न नखोज : बराल

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीको प्रेस क्लब अफ ईन्डिया कन्फरेन्स हलमा नेपाल र भारतीय मिडीयाको उपस्थितीमा भब्य  प्रेस कन्फरेन्स भएको हो। नेपालमा हिन्दु राज्यको माग गर्दै आन्दोलनको गति तिब्र रूपमा अगाडी बढिरहेका बेला भारतको राजधानी दिल्लीमा पनि प्रवासी नेपालीहरूको ठुलो भिडले शान्तिपूर्ण जन सभा गर्ने भएको छ ।

सभा गर्नु दुई दिन अगाडी जन सभाबारे जानकारी गराइएको हो। उक्त प्रेस कन्फरेन्समा श्री श्री १००८ कृष्णानन्द परमहंस बाबा कालिदास (काली बाबा), एस. पि. मेमोरियल शिक्षा निकेतन समितिकी अध्यक्ष श्रीमती लक्ष्मि बराल तथा जन सभाका कार्यक्रम संयोजक बरिष्ठ इन्जिनियर बिष्णु प्रसाद बरालले कन्फरेन्स मा सम्बोधन गर्दै भने नेपाल लाई हिन्दु राष्ट्र कायम नगरे नेपालमा मात्र हैन विश्व भरी शान्ति नहुने बताएका छन्। भारतीय तथा नेपालका गरी दर्जनौ पत्रकारहरूको सहभागीता रहेको थियो ।


कार्यक्रममा  पत्रकारहरूलाई सम्बोधन गर्दै संयोजक ई। बिष्णु प्रसाद बराल ले मान्छे मारेर र धर्म मासेर देशको विकास नहुने बताए । जनताहरु सडकमा रोएको अवस्था छ दुइ चार जनाले संसदमा दुईतिहाई भन्दै संविधान जारी गरे त्यो सम्बीधान जनताले नमान्ने सम्पूर्ण जनतालाई मान्य हुने संविधान ल्याउन आवश्य रहेको बताए । त्यस्तो संविधान जर्बजस्ति ल्याए विश्व भरिका हिन्दुबादीहरु सडकमा आउँछन उनले भने । ऋषिहरुको मुलुक विविधताको मुलुक, विश्वको पहिचान भएको मुलुकलाई जर्बजस्त कम्यूनिष्टहरुको लहलहैमा धर्म निरिपेक्ष गराउन नहुने वताएकाछन ।


विश्वमा रहेको एक मात्र हिन्दु राष्ट्र नेपाल मास्न हुदै हुदैन सम्पूर्ण  प्रवासी नेपालीहरूको तर्फबाट नेपाल सरकार र विभिन्न राजनितिक दलहरुलाई ध्यानकर्षण गराउन चाहान्छु उनले भने ।

प्रवासीहरुले हिन्दु राष्ट्र नेपालको लागि समर्थन जनाएका छन त्यसका लागी विशाल जन सभा को आयोजना समेत यहि ३० अगस्त २०१५ मा जन्तर मन्तर आउन सबै मिडीया हाउस र मिडिया कर्मिहरूलाई अनुरोध समेत गरेका छन ।  त्यसैगरी पत्रकारहरूलाई सम्बोधन गर्दै  कालि बाबाले हामी दलगत हिसाबले हैन। साधु र ब्राह्मणको हिसाबले हाम्रो धर्म संस्कृति बचाउन लागेका छौ। निरन्तर लागी नै रहनेछौ भन्दै नेपाल हिन्दु राष्ट्र हो र रही रहनेछ, म ठोकेर भन्छु भन्नु भएको थियो।

विश्व भरिका हिन्दुहरुको हिन्दु महासंघको केन्द्रीय कार्यालय भारतमै रहेकाले भारतबाट पनि हिन्दु राष्ट्रका लागि नेपालमा रहेका दलका नेताहरुलाई ध्यानकर्षण गराउनका लागि यो पत्रकार सम्मेलन र जनसभा गर्नु परेको बताए ।

राजनितिक दलहरु विकास, निर्माण, शान्ति सुरक्षा, शिक्षा स्वास्थ्यमा लाग्नु पर्छ । उनिहरु धर्ममा हात हाल्नु राम्रो हुदैन म चेतावनी समेत दिन चाहान्छु कालि बाबाले भने। नेपाललाई हिन्दु राष्ट्र बनाउनका लागि नेपाल र भारतिय संचार माध्यम लगाएत विश्वभरी रहेका हिन्दुबादीहरुको सर्मथनको आवश्यकता रहेको समेत स्पष्ट पारे । हामीलाई पूर्व राजा ज्ञानेन्द्रको चिन्ता होईन । राजा होईन धर्म बचाउन लागेका हौं : कालि बाबा ।

यसरी कुर्लिय : बराल

पत्रकार सम्बोधनकोनका क्रममा बराल आक्रोस हुदै नेपाली जनतालाई एमाओबादीका प्रचण्ड र बाबुरामले गुमराहमा राखेको बताए । उनले भने जन युद्धका बेला जनतालाई घरजग्गा सम्पती हुन्छ भनेर आन्दोलन गराएका ति नेताहरुले अहिले के हेरेर बसेका छन ?

जनतालाई झूटो आश्वसन दिएर देशलाई द्धण्दमा लान पाईदैन । हुदै हुदै नभएको धर्म निरिपेक्ष ल्याएर जनता सडकमा ल्याउने, डलर खाने, देश र जनतामाथी उनिहरुले राजनितिक बलत्कार गरेको आरोप लगाए ।

जन युद्धदेखी अहिले सम्म राजनितिक मुद्धाका कारण मृत्यु भएका जनताको जिम्मा पनि उनिहरुले नै लिनु पर्ने वहाँको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan