यार्तुङ्ग मेलाको तयारि अन्तिम चरणमा
न्यूजअभियान | प्रकाशित मिति : २०७२ चैत १४ आइतबार |
मुस्ताङ्ग । "मुक्तिनाथको दर्शन गरौ.... यार्तुङ्ग मेलामा रमाऔ" नाराका साथ मुस्ताङ्ग जिल्लाको पवित्र तिर्थस्थल मुक्तिनाथमा आयोजना हुने यार्तुङ्ग मेलाको तयारि अन्तिम चरणमा पुगेको आयोजक जनप्रिय युवा क्लबले बताएको छ । भाद्र १० गते देखि १३ गते सम्म संचालन हुने उक्त मेलामा राष्ट्रिय कलाकारको हरुको संस्कृतिक प्रस्तुतिका साथै घोडा दौड, बाण हान्ने,भलिबल आदि प्रतियोगिताहरु संचालन हुनेछन । भाद्र ११ गते कलाकारहरु रोमा न्यौपाने, दिपक लिम्बु,कुन्साङ्ग गुरुङको प्रस्तुति रहने बताइएको छ ।
मेलाको मुख्य प्रायोजकहरुमा प्रभु बैंक, माछा पुछ्रे बैंक, टुरिजम डेभलवमेन्ट बैंक,अन्नपुर्ण संरक्षण क्षेत्र (एक्याप ) र मुक्तिनाथ स्थानिय संरक्षण समिति रहेका छन् । नेपाल पर्यटन बोर्ड, पोखरा ले प्रवद्दन गर्ने 'यार्तुङ्ग' मेला मुक्तिनाथको रानीपौवा बजारमा संचालन हुनेछ । मुस्तांग जिल्लका पुनेल जातिहरुले मनाउने 'यार्तुङ्ग' चाडको अवसरमा यार्तुङ्ग मेला आयोजना गरिएको हो । मुस्ताङ जिल्लाका लोवाहरू गिने, न्युने, गेन्सु र गेलुङ्ग पर्वहरू मनाउँछन् भने थकालीहरू 'हल्लाफेवा' र पुनेलहरू 'यार्तुङ्ग', 'हृयोकासी' र मनीरिम्दु चाड मनाउँछन् ।


