Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

धुर्मुस-सुन्तलीको कामको तारिफ गर्दै पहरी गाउँमा कलाकारको लर्को -भिडियो सहित

न्यूजअभियान | प्रकाशित मिति : २०७२ चैत १४ आइतबार |
newsabhiyan

काठमाण्डौ । गत बैशाख १२ गतेको विनासकारी भूकम्पका कारण काभ्रेका पहरी गाउँ बासी घर बिहिन् हुन पुगे ।

सरकारले समेत खासै ध्यान दिन नसकेको पहरी गाउँमा हास्य कलाकारदय सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’को नेतृत्वमा अन्य कलाकारको सहयोगमा निर्मित घर बुधबार हस्तान्तरण गरिएको छ ।

उनीहरुले ६५ दिन लगाएर ती घर निर्माण गरेका थिए । अभियानमा कलाकारलाई सगुन डटकमका पदाधिकारीले साथ दिएका थिए ।

अरनिको राजमार्गको लामीडाँडाबाट पलाञ्चोक भगवती मन्दिर छिचोलेर चार किलोमिटर अगाडि बढेपछि पुगिन्छ सीमान्तकृत पहरीगाउँ ।

यो सीमान्तकृत बस्तीमा अहिले चिटिक्क परेको नमुना घरहरु देखिन्छ । १४ महिनाकी छोरीलाई घरमै छोडेर सुन्तली सामाजिक कार्यमा जुटेकी हुन् ।

घर हस्तान्तरण कार्यक्रममा पहरी गाउँमा कलाकारको लर्को लाग्यो ।

बरिष्ट हाँस्य कलाकार हरिबंश आचार्य,शिवहरी पौडेल,किरण केसी,दिपाश्री निरौला लगायतका दर्जन कलाकारको भिड थियो ।

उपस्थित कलाकार तथा सरकारी व्यक्तित्वले समेत धुर्मुस-सुन्तलीको कामको खुलेरै तारिफ गरे ।

 

तस्बिर:नागरिक / भिडियो:सेतोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan