Sunday 18th of October | २०८३ कार्तिक २ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

काँग्रेस, एमाले र एमाओवादीसँग बच्न भन्दै अध्यक्ष महतोले दिए थ्रेट

बैशाख देखि पुनः कडा आन्दोलन गर्ने चेतावनी

न्यूजअभियान | प्रकाशित मिति : २०७२ चैत १४ आइतबार |
newsabhiyan

विश्वनाथ ठाकुर,सर्लाही । मधेश आन्दोलनका स्वरुप परिर्वतन हुँदा मधेश विरोधी दल नेपाली काँग्रेस, नेकपा एमाले र एमाओवादीमा रहेका बहुरुपियाहरु फेरी मधेश पसेको र त्यस्ता बहुरुपियाबाट मधेशी जनतालाई सजग रहन सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले बताए  ।
 
मधेश आन्दोलन चलि रहेको समयमा मधेश विरोधी दलका मधेशी बहुरुपियाहरुको आउने हिम्म थिएन तर आज फेरी उनीहरु मधेशमा जनताको आँखामा छारो हाल्न आएकोले सजगताका लागि मधेशी जनालाई आग्रह गरे  । 
 
सद्भावना पार्टी सर्लाही क्षेत्र नम्बर ४ को ब्रहम्पुरी गाविसमा आज आयोजना गरेको क्षेत्रिय कार्यकर्ता सम्मेलन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष महतोले यस्तो बताएका हुन् । 
 
संविधान सभाको चुनावमा जात पात तथा विभिन्न प्रलोभनमा पारी मधेश विरोधी दलका नेताले मधेशबाट अत्याधिक मत प्राप्त गरी मधेशी जनताको हक कटौती गरी संविधान बनाएको र आफ्नो अधिकारका लागि मधेशी जनता आन्दोलन गर्दा गोली हान्ने काम गरेकोले आज दुनिय चकित भएको अध्यक्ष महतको कथन थियो ।
 
मधेशको माग प्रति सरकार गम्भीर नभए पुनः आन्दोलन गर्ने बाहेक विकल्प नरहेको अध्यक्ष महतोले समेत बताए । चैत महिना सम्म सरकार मधेशको माग सम्बोधन गरेन भने बैशाख देखि पुनः कडा आन्दोलन गर्ने  महतोले  चेतावनी दिए  । 
 
  विभिन्न पार्टी प्रत्याग गरी सद्भावना पार्टीमा प्रवेश गर्ने सयौँ कार्यकर्तालाई महतोले सदस्यता समेत प्रदान गरे । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan