Thursday 29th of October | २०८३ कार्तिक १२ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

विज्ञ भन्छन् , नेपालमा जिका भाइरसको जोखिम छ , विश्वमै जिका भाइरसको सन्त्रास

यौनसम्पर्कबाट पनि जिका भाइरस

न्यूजअभियान | प्रकाशित मिति : २०७२ चैत १४ आइतबार |
newsabhiyan

काठमाडौं । विश्वमै जिका भाइरसको सन्त्रास फैलिएका बेला नेपालमा पनि त्यसको जोखिम देखिएको छ ।

थाइल्याण्डमा समेत जिका भाइरस देखिएकाले नेपालमा थप जोखिम हुनसक्ने विज्ञहरुले बताएका छन् । तर नेपालमा रोग पहिचान गर्न सक्ने परीक्षण सुविधा उपलब्ध छैन् ।

यस्तो स्थितिमा मुलुकमा रोग संक्रमणको उच्च जोखिम रहेको विज्ञहरूले बताएका छन् । जिका भाइरस ‘पोलिमर चेन रियाक्सन (पीसीआर)’ को माध्यमले पहिचान गरिन्छ भने भाइरस रगतको नमुनाबाट छुटयाइन्छ ।

इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा बाबुराम मरासिनीले पनि हाल विशेष खालको रगत जाँच्ने सुविधा उपलब्ध नरहेको बताए ।

तर सजगता भने अपनाइने उनले बताए । गर्भवती वा गर्भधारण गर्न चाहने महिलालाई हाल जिका भाइरस रोग प्रभावित क्षेत्र नजान उहाँको सल्लाह छ ।

विश्व स्वास्थ्य संगठन डब्लूएचओले जिका भाइरस विरुद्ध विश्वमा स्वास्थ्य आपतकाल घोषणा गरेको छ । सन् २०१५ को मे महिनामा ब्राजिलमा पहिलोपटक जिका भाइरस देखापरेको थियो ।

जिका भाइसरको बढ्दो खतरालाई मध्यनजर गर्दै विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०ले विश्वव्यापी आपत्काल घोषणा गरेको छ । डब्लुएचओले जिकालाई इबोलाजस्तै गम्भीर रोगको कोटिमा राखेको छ । २३ देशमा फैलिएको अनुमान गरिएको यो रोगले वर्षको अन्तसम्ममा ४० लाख मानिस प्रभावित हुने बताइएको छ ।

गत वर्षको अक्टोबरसम्ममा यसबाट सबैभन्दा बढी प्रभावित मुलुक ब्राजिलमा माइक्रोसेफेलीका चार हजार मामिला सार्वजनिक भइसकेका छन् । सबैभन्दा बढी प्रभावित देश जिका भाइरसको प्रभाव सबैभन्दा बढी ब्राजिलबाहेक मेक्सिको, ग्वाटेमाला, अल सल्भाडोर, पानामा, होन्डुरस, हैटी, डोमिनिक रिपब्लिक, कोलम्बिया, भेनेजुयला, इक्वेडर, बोलिभिया, पाराग्वे, गुयना, सुरिनेम, फ्रेन्च गियाना र निकारागुआ रहेका छन् ।

के हो जिका भाइरस ?

जिका एडिस एजिप्टी नामको लामखुट्टेबाट फैलने भाइरस हो । यो लामखुट्टेले जन्डिस, डेंगु र चिकेनफक्सलगायतका रोगसमेत फैलाउँछ । गर्भवती महिलामा यो भाइरसको प्रभाव सबैभन्दा बढी हुन्छ ।

भाइरसका कारण शिशु सानो टाउको (माइक्रोसेफेली)सहित जन्मन्छन् । यो न्युरोलोजिक समस्या हो, जसमा मस्तिष्क पूर्ण रूपमा विकास हुन पाउँदैन । यो भाइरस सबैभन्दा पहिले सन् १९४७ मा अफ्रिकी मुलुक युगान्डामा देखिएको यिो ।

जिकाको कुनै खास लक्षण हुँदैन । यसलाई पहिचान गर्न निकै कठिन हुन्छ । ब्राजिलसमेत २३ ल्याटिन अमेरिकी देशमा फैलिएको यो भाइरसबाट ५० जनाको मृत्यु भइसकेको छ ।

यौनसम्पर्कबाट जिका भाइरस

यौनसम्पर्कबाट जिका भाइरस सरेको दुर्लभ घटना अमेरिकामा देखापरेको अधिकारीहरुले बताएका छन्।


टेक्सस राज्यमा जानकारीमा आएको जिका भाइरसको उक्त घटना लामखुट्टेको टोकाइबाट नसरेको अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले जनाएको छ।  ती संक्रमित व्यक्ति पछिल्लोपटक विदेश यात्रामा नगएको बताइएको छ।
पुष्टि
अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडिसी)की उपनिर्देशक एन सुकटले भनिन्, "सीडीसीको प्रयोगशालाले विदेश यात्रा नगरेका एक व्यक्तिमा जिका भाइरसको संक्रमण भेटिएको पहिलोपटक पुष्टि गरेको छ।

यो लामखुट्टेबाट सरेको नभइ यौनसम्पर्कबाट सरेको भन्नेमा हामीलाई दरो विश्वास छ । एउटा प्रमुख कारण चाहि के हो भने उक्त क्षेत्रमा लामखुट्टेको कुनै समस्या छैन"।


भेनेजुएला पुगेर फर्केका व्यक्तिसंग यौन सम्पर्क गर्दा उनलाई जिका भाइरस सरेको अधिकारीहरुले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan