Sunday 11th of October | २०८३ असोज २५ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बल्ड डोनर्स अफ अमेरिकाको अधिवेसन टेक्सासमा भव्यताको साथ हुने

न्यूजअभियान | प्रकाशित मिति : २०७२ चैत १४ आइतबार |
newsabhiyan

विजय थापा, वाशिंगटन डिसी l बल्ड डोनर्स अफ अमेरिकाको अधिवेसन आगामी मे महिनाको स्मारक दिवस (मेमोरिएल डे) को अवसरमा मे २७ देखि २९ सम्म  टेक्सासको ड्य़ालस इर्विंगमा भव्यताको साथ हुने भएको छ l

रक्तदान जीवन दान भन्ने मूल नाराका साथ बिसुद्ध समाज सेवा गर्ने उदेस्यले बल्ड डोनर्स अफ अमेरिकाको ईतिहास मै पहिलो पटक अधिवेसन गर्ने मिति तथा स्थान तय भएको जानकारी संस्थाका अध्यक्ष डा लिला कार्कीले जानकारी दिनु भएको छ l

यसको लागि समिति तय भएको र अहिले देखि नै अहोरात्र ऐतिहासिक अधिवेसनलाई सफलता बनाउन तारतम्य मिलाउदै गरेको बताईएको छ l

र अहिले देखि नै उक्त कार्यक्रमको लागि अतिथिको राजदुताबास संग पहल गरि सकिएको छ भने अमेरिकाक बिभिन्न लब्ध प्रतिष्ठित व्यक्तित्व , समाज सेवी , उधमी ,ब्यापारी ,कलाकारको उपस्थिति हुने बताईएको छ 

र संस्थाले गरेको उपलब्धि को साथै संस्थाका भाबी योजनाका बारेमा छलफल हुने समेत अध्यक्ष डा कार्कीले बताउनु भएको छ lयस्तै गरि साहित्यिक कार्यक्रम , खेलकुद ,रक्तदान ,स्वास्थ्य सिविर ,एनआरएन मंच को साथै सामाजिक अभियन्ताहरुको सम्मान समेत हुने भएको छ l

र संस्थाले अमेरिकामा रहेका सबैलाई यस कार्यक्रमलाई सफलता बनाउन आब्हान गरेको छ भने टेक्सास इर्विंगकै डिएफ डब्लु होटलमा कार्यक्रम हुने तय भएको छ l
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan