Wednesday 28th of October | २०८३ कार्तिक १२ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कार्यकर्ता सम्हाल्न एमालेलाई चेतावनी

कांग्रेसले माग्यो वार्ताका लागि सरकारको धारणा

न्यूजअभियान | प्रकाशित मिति : २०७२ चैत १४ आइतबार |
newsabhiyan

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले मधेसी, थारु लगायत असन्तुष्ट पक्षसँग वार्ता सम्वादका लागि सरकारको धारणा मागेको छ ।

सरकारले ठोस प्रस्ताव तय नगर्दा वार्ता फलदायी हुन नसकेको कांग्रेसको ठहर छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको कांग्रेस केन्द्रीय पदाधिकारी बैठकले सार्थक वार्ता तथा निकासका लागि सरकारसँग स्पष्ट धारणा मागेको प्रवक्ता दिलेन्द्र बडुले जनाए ।

बैठकपछि प्रवक्ता बडुले भने ‘सरकार मधेसी मोर्चाबीच वार्ता चलिरहेको छ । मोर्चाले हामीलाई वार्तामा आउनुपर्छ भनेको छ । यस्तो अवस्थामा हामीले सरकारसँग स्पष्ट धारणा ल्याउन माग गरेका छौं । त्यसपछि हामी वार्ताको टेबुलमा बस्छौं ।’

तराई मधेसको विषयमा सरकारको स्पष्ट धारणा नआएको बडुको भनाई छ । कांग्रेसले मधेसवादी दलसँग वार्ता गर्न सत्तारुढ दलले नै नचाँहेको आरोप समेत लगाएको छ ।

राष्ट्र बैंकमा एमाले निकट कर्मचारी संगठनले लामो समयदेखि सेवा सुविधा बढाउन माग गर्भनरमाथि गरेको दुर्व्यवहारको कांग्रेसले भ्रश्चना गरेको छ ।

केही समययता सत्तारुढ दल नेकपा एमाले निकट कर्मचारीहरुले सेवासुविधा बढाउन माग गर्दै गर्भनर डा. चिरिञ्जिवी नेपालमाथि दुर्व्यवहार तथा काम गर्न दिएका छैनन् ।

साथै कांग्रेसले सत्तारुढ दल एमालेलाई आफ्ना कार्यकर्ता सम्हाल्न आग्रह समेत गरेको छ ।

यस्तै, कांग्रेसले पुनर्निर्माण प्राधिकरणको अस्थाई जिम्मेवारी राष्ट्रिय योजना आयोगलाई दिने सरकारको निर्णयको स्वागत गर्दै दिर्घकालमा पुरानै विधेयक लागू हुनुपर्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan