Wednesday 28th of October | २०८३ कार्तिक १२ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

वार्ता नमिले तराई मधेसमा सेना परिचालन

आपूर्ति र जनजीवन सहज बनाउने

न्यूजअभियान | प्रकाशित मिति : २०७२ चैत १४ आइतबार |
newsabhiyan

काठमाडौं। सरकारले मधेसी आन्दोलन अर्थहिन भएको बताएको छ ।

केपी ओली सरकारका एक मन्त्रीले  वार्ता नमिले तराई मधेसमा सेना परिचालनना सम्मको तयारीमा सरकार जुटेको बताएका हुन् ।

बिगत केहि महिनाको अवरुद्धले नेपालको आर्थिक अवस्था चौपट भए पछि यस्तो निर्णय लिन वाध्य हुनु पर्ने ति मन्त्रीको भनाई छ । 

गरेर विगत तीन महिना देखि आन्दोलत गरिरहेको संयूक्त लोकतान्त्रिक मधेसी मोर्चा बार्ताबाट समस्या समाधान गर्न सकारात्मक नभए सेना परिचालन गरेर भए पनि आपूर्ति र जनजीवन सहज बनाउने तयारी सरकारको छ ।

सुरक्षा परिषदको बैठकमा मोर्चा सहमतिमा नआई नाका र राजमार्ग आन्दोलनलाई अझै कडा बनाउने हो भने त्यसबेला नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना प्रयोग गरेर भए पनि नाका र राजमार्ग सहज बनाउने विषयमा छलफल भएको हो ।
यस विषयमा हिजो सुरक्षा प्रमुखहरुसँग व्रिफिङ लिईसकेको बुझिएको छ । सुरक्षा प्रमुखहरुले आन्दोलनलाई नियन्त्रण गर्न आफुहरु सक्षम रहेको बताएका छन् स्रोतले भन्यो ।


सरकार लचक हुँदा हुँदै पनि मोर्चा सहमतिमा नआए यस्तो कदम चालिने छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan