Wednesday 28th of October | २०८३ कार्तिक १२ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

थारुहरुको थरुहट–थारुवानमा अनिश्चितकालिन बन्द

चितवनदेखी कञ्चनपुरसम्म ठप्प पार्ने चेतावनी

न्यूजअभियान | प्रकाशित मिति : २०७२ चैत १४ आइतबार |
newsabhiyan

काठमाडौं । थारुहरुले चितवनदेखी कञ्चनपुरसम्मका जिल्लामा आन्दोलनलाई थप शसक्त वनाउदै अनिश्चितका बन्द गर्ने भएका छन् ।

सरकारले आफुहरुको माग पुरा गर्नेतर्फ कुनै ध्यान नदिएको भन्दै थरुहट–थारुवान क्षेत्रमा मंसिर ५ गतेदेखी अनिश्चितकालीन आम हड्ताल गर्ने भएको हो ।

लमहीमा चितवनदेखी कञ्चनपुरसम्मका थारु अगुवाहरु बीच भएको छलफल पछी आन्दोलनको कार्यक्रम सार्वजनिक गर्दै थरुहट–थारुवान प्रादेशीक संयुक्त संघर्ष समिति चितवन–कञ्चनपुरको नाममा जारी प्रेस विज्ञप्तीमा राजमार्ग केन्द्रित आम हड्ताल सहीतका विरोधका कार्यक्रम सार्वजनिक गरिएको हो ।

यस अघि थरुहट–थारुवान संयुक्त संघर्ष समितिले आन्दोलनलाई अघि वढाउदै आएको थियो ।

संघर्ष समितिका केन्द्रीय अध्यक्ष धनिराम चौधरी कैलाली घटना पछी लुकेर वस्दै आएपछी आन्दोलन कमजोर भएकाले नयाँ नामाकरण गरी संघर्ष समिति वनाइएको बताए ।

आन्दोलनलाई थप शसक्त वनाउन थरुहट राज्य घोषणाकै लागी प्रादेशीक संघर्ष समिति गठन गरिएको उनले प्रष्ट पारे ।

थारु आन्दोलनमा सहभागी भएको फोरम लोकतान्त्रिक सरकारमा गईसकेको र यस अघि वनाइएको थरुहट–थारुवान संयुक्त संघर्ष समितिका केन्द्रीय संयोजक धनिराम चौधरी भुमिगत अवस्थामा वसेपछी आन्दोलनलाई थप शसक्त वनाउन थरुहट–थारुवान प्रादेशीक संयुक्त संघर्ष समिति गठन गरिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan