इन्डियन खैनी र पराग छ ! तर पेट्रोल छैन....
बेरोजगारी अनि आन्दोलन- भिडियो सहित
न्यूजअभियान | प्रकाशित मिति : २०७२ चैत १४ आइतबार |
चिरन्जीवी पोख्रेल, म ३३ बर्षीय मदेशमा बस्ने एक नेपालि हुँ । रोजगारका लागि काठमान्डौमा छु । मेरो पराग खाने बानि छ । पसलमा सजिलै पाइन्छ । पहिला "पराग घुट्का" हुन्थ्यो । अस्ति सम्म "सुद्द प्लस" । आज भोलि "करेन्ट" भन्ने हुन्छ । इन्डिया बाटै आउछ ।
नेपालमा बनेको पनि पाइन्छ तर किन हो त्यो मलाई स्वादै लाग्दैन । यो एक बर्षमा मैले करिब ८ हजारको त पराग मात्रै खाए होला । म जस्तै धेरै युवाहरु इन्डियाबाट आएका खैनी र परागका अम्मली छौ । हिजो बाइकमा पेट्रोल हाल्न जादा ५ घण्टा लाइन बस्दा पनि ३५ रुपियाको पराग खाइएछ । म जस्तै १०० जना युवाको खैनी पराग बजेट एक बर्षमा ८ लाख हुन आउछ । तितो तर सत्य यहि हो ।
०४५ सालको नाका बन्दि र भूकम्पमा म मेरो छोरा उमेको थिए । हल्लिएको चाही अलि अलि थाहा छ । नाकाबन्दी बारे त अहिले आएर पो थाहा भो । पढ्ने स्कुल/कलेजको किताबमा न लेखिएको थियो न, निबन्ध नै लेख्न लगाउथे ।
२०५२ साल देखि ५८ साल सम्म म आफै न कहिले पत्रिका पढ्थे न त समाचार नै सुन्थे । राजा मरे पछी हो समाचार सुन्न, पत्रिका पढ्न, थालेको तेही बेला देखि हो नेपालको राजनीति र इन्डियन स्वार्थ बुझ्न र पढ्न थालेको ।कुनै कलेजमा होइन आफ्नै जीवनमा । आज पी.एच.डी. गरे "नेपालको पानि र नेता अनि इन्डियन स्वार्थ" बिषयमा । सर्टिफिकेट छैन, मन मनै कल्पनामा हो ।
"नेपालको पानि र नेता अनि इन्डियन स्वार्थ"
इन्डियाले हामीजस्तो युवालाई आफ्नो खैनी पराग खिलाएर, नेताहरुलाई अल्मलाएर,तेलको राजनीति गरेर नेपालको पानिलाइ नै तेल बनाउछ र हामीलाई नै बेच्छ । खैनी पराग सस्तोमा बेच्छ र आम्दानि नेपालि राजनीतिमा लगानी गर्छ । तेल बेच्न ल्यांग ल्यांग गर्छ र महँगो बनाउछ अनि बेच्छ र बिस्व राजनीतिमा खास गरि चिन र अमेरिकामा लगानी गर्छ ।
हाम्रै पैसाले उ यो १० बर्षमा अमेरिका र चिन संग टक्कर लिने हैसियतमा पुगी सक्यो । काठमान्डौका युवा पेट्रोलको लाइनमा उसैले बेचेको सस्तो पराग खादै उसैको महँगोमा किनेको बाइकमा झन् महँगो पेट्रोल हाल्न पनि पर्खिरहेको अवस्था छ । तराइ मदेशका युवा उसैले लगानी गरेको नेताको आह्वानमा उसैले बेचेको सस्तो पराग र खैनी खादै आन्दोलन, जुलुस र तोडफोडको रमिता हेरेर डबल मजा (पराग र दिर्श्यको ) लिई रहेका छन् ।
हिजो (मंगलबार) मैले पनि पराग खादै यसरि सोचे मन मनै र मजा लिए नेपालि राजनीतिको । अब सबै संग छलफल चलाउछु भन्ने बाबुराम जनकपुर जानु अघि यसरि छलफल चलाए होलान "तराइ मदेश जान्छु ,आन्दोलन गर्छु, संबिधान जलाउनु पर्छ भने पनि तयार छु, उत्तेजित बनाउन परे पनि बनाउला ....पार्टी छोडे त.... नयाँ शक्ति बनाम न ? के को ल्यांग ल्यांग" ?
जनकपुरको हवाई टिकट प्राप्त भए पश्चात समाचार लेखाउन लगाए होलान "संबिधान जलाउने कार्यमा मेरो समर्थन हुदैन" जनकपुरको मंचमा "मैथेलि बोल्न आउदैन, नेपालि बोल्छु" मैथेली आउनेले ट्रांसेल्ट गरिदिनु, नेपालि सबैले बुझिहाल्छन ================अरु कुरा थाहा छैन, जलाउने र उत्तेजित..... हिन्दि फिलिम हेर्या होला नि ????????? हिन्दि बोल्दा भैहाल्छ नि===========
उनले हिन्दिमा भाषण त गरे तर सोचे जस्तो दमदार थिएन वा दमदार बनाएन (हुन त त्यस्ता मंचमा गरिएको भाषणको कुनै महत्व हुदैन, १२ बर्ष गर्दै आएका हुन्, अझै गर्छन), तर केहीलाइ चाही परिस्थिति यस्तो होसकी उनको भाषण पछी खैनी पराग खाने युवाहरु उत्तेजित हुन् र तोड फोड होस् ,झडप होस्,केहि घाइते होउन( कतिले त एक दुइ जना मारुन भन्ने पनि सोच्छन) र ठुला ठुला समाचार बनुन जे भए पनि भूपु पी.एम हुन् ।
पछि सिर्फ ५-६ जना उत्तेजित हुन्छन र अरु ५-६ जनालाई उत्तेजित बनाउछन । तोड फोड हुन्छ, मंचमा आगो बल्छ सिर्फ ११-१२ जनाको सहभागितामा बाकिलाई हेर्न मजा आउछ हेर्छन, के गर्नु अरु कामै छैन । मिडियालाइ समाचार बनाउनु छ । फोटो/भिडियो खिच्चन र " हट न्युज" बनाउछन ।
केहि समाचार शिर्षकहरु : जनकपुरमा झडप, बाबुरामलाई ज्यान बचाउनै गाह्रो,जनकपुर पुगेका बाबुरामलाई फलानो नेताको स्वागत,अधिकार दिलाउन नसकेको भन्दै मधेसी समुदायसँग बाबुरामले माफी मागे, आन्दोलनकारीले बाबुरामको मञ्च जलाइदिए आदि इत्यादि ।
मैले पी.एच.डी गरेको बिषयबारे अरु कुरा पछी लेख्दै गरौला तर अहिले मदेशका,पहाडका सबै युवा साथीहरुलाई एउटा कुरा गर्न चाहान्छु । संबिधान बनि सक्यो । मन लागेका कुरा थप्न पनि सकिन्छ र हटाउन पनि यदि हामि १०० मात्र युवाहरुले चाहाने हो भने पनि । बेरोजगार र गरिवीको उपचार "आर्थिक प्रगति" हो । कुनै डा.नेताको भाषण होइन । देश पुननिर्माण गर्न राजनीति गर्न पर्दैन होइन .. हुदैन.......भत्केको देश ,खल्बलिएको सद्भाव र टुटेको मनहरुलाई बलियो संग निर्माण गर्ने अभियानमा लागौ । आफ्नो क्षमता अनुसारको व्यवसाय सुरु गरौ । आफ्नो व्यवसायबाट उत्पादन भएको बस्तु वा सेवाको इन्डिया तिर महँगो दरले Sellअभियान शुरु गरौँ । पेट्रोल आफै निकालौं ।
डा.नेताहरुलाई चेतावनी दिन चाहान्छु । अब पनि तपाईका केहि हजार कार्यकर्ताले हात दिए भन्दैमा देश निर्माणको सट्टा पार्टी निर्माण, पार्टी निर्माणका लागि, मुद्दा निर्माण र मुद्दा स्थापितका लागि आन्दोलन, आन्दोलनको समाचार बनाउनको लागि बन्द हड्ताल तिर लाग्नु भो भने अब चाहि तपाइले पनि हामि लाखौ मदेशी ,पहाडी युवाहरुजस्तै निर्माण भैसकेको देश तिर लाग्नु पर्ने दिन आउछ ।
म मिडिया संस्थाहरुलाई सुझाव दिन चाहान्छु । इन्डियाको गलत नीतिको सधै बिरोध गरौँ । धेरै हल्ला नगरी चिनिया साईडका बाटोघाटोलाइ दुरुस्त बनाउदै लान दवाब दिउँ । सम्बन्धि संस्था थोरै तर बलियो बनाउन नेपाली मिडिया मर्जर नीति अपनाउँ । कसैलाई नेता बनाउनकै लागि मात्र मिडिया प्रयोग नगरौं । नेपालि मिडियाको पहुँच बिस्वको कुना कुना पुर्याउ । ताकि बिरोध गर्दा सबैले थाहा पाऊन । स्थानिय झडपका समाचारहरु अनलाइनमा नराखौ । देश र देशका समुदाय हितको लागि समाचार नकारात्मक हो कि सकारात्मक भनेर समाचारको बर्गिकरण गरौँ । विकासका समाचारहरुलाई प्राथमिकता दिउ ।
यो सबै पढेर पनि बुझिएन तलको दुइवटा भिडियो हेरौं , यो आम युवाको समस्या हो । यो समस्याले कसैलाई बिबेद गर्दैन । हाम्रो यहि बाध्यताको इन्डियन र उसको लगानीले चलेको राजनीतिले फाइदा लिन्छ ।
