Sunday 19th of November | २०७४ मङ्सिर ३ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

आजदेखि ठमेल जादैँ हुनुहुन्छ ? यो पढ्नुहोस्

न्यूजअभियान | प्रकाशित मिति : २०७४ कार्तिक ५ आइतबार
newsabhiyan
newsabhiyan

काठमाडौं, ५ कार्तिक । राजधानीको पर्यटकीय क्षेत्रका रूपमा रहेको काठमाडौंको ठमेललाई आइतबारदेखि सवारी साधनमुक्त क्षेत्र बनाइँने भएको छ । आवस्यक तयारी पुरा भएको बताइएको छ ।

आइतबारदेखि पानी, एम्बुलेन्स, पर्यटन र सुरक्षालगायतका अत्यावश्यक बाहेक अरु गाडीलाई ठमेल प्रवेशमा रोक लगाउने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

ठमेलभित्र जाने गाडीले त्रिदेवी मार्गबाट मात्र जान पाउने, तथा ट्याक्सी, हाइस, भ्यान, मोटरसाइकललाई जथाभावी रोक्न नदिने, ठमेलभित्रका एकतर्फी बाटोमा रोक्ने गाडीलाई कडाइ गरिने, ठाउँठाउँमा ट्राफिक संकेत राखिने, ठमेलभित्र भएका होटलमा आवश्यकतानुसार गाडीको व्यवस्था गरिएको महाशाखाका प्रमुख सर्वेन्द्र खनालले बताए ।

यसैगरी ज्याठा मार्ग, त्रिदेवी मार्ग दुईतर्फी हुने, ठँहिटीबाट ज्याठा आउन मोटरसाइकललाई दुईतर्फी गर्ने, वैशाली होटलबाट जाँदा दायाँ मोड्न नपाइने, क्षेत्रपाटीदेखि जेपी मोड हुँदै ठँहिटीसम्म मोटरसाइकललाई दुईतर्फी जान दिने व्यवस्था मिलाइएको छ ।

काठमाडौं महानगरपालिकाले ठमेललाई व्यवस्थित पर्यटकिय शहरका रूपमा विकास गर्न ठमेललाई सवारीमुक्त क्षेत्र घोषणा गरेको हो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan