Sunday 19th of November | २०७४ मङ्सिर ३ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

टेलिकमको सोधपुछ तथा ग्राहक सेवा नयाँ संरचनाबाट

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज २७ शुक्रबार
newsabhiyan

काठमाडौँ, २७ असोज। नेपाल टेलिकमले नयाँ सोधपुछ तथा ग्राहक सेवा केन्द्र शुरु गरेको छ ।

उक्त केन्द्रको आज सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टले शुभारम्भ गर्दै टेलिकमको सेवाप्रति नेपाली जनता पूर्णरुपमा विश्वस्त भए तापनि ग्राहकसँग निरन्तर नजिक भइरहनका लागि केन्द्रले थप सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले समयसापेक्ष नयाँ प्रविधि भित्र्याएर सेवा उपलब्ध गराए मात्र ग्राहकलाई सन्तुष्ट बनाउन सकिने र राजश्व वृद्धि हुने उल्लेख गर्नुभयो ।

सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले टेलिकमका सामु विविध किसिमका चुनौती पनि भएकाले त्यसलाई अवसरमा परिवर्तन गर्न तथा ग्राहकको गुनासोलाई सम्बोधन गर्नका लागि केन्द्रले सहयोग पु¥याउने बताउनुभयो ।

टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले ग्राहकका जिज्ञासा तथा गुनासालाई समयमै सम्बोधन गर्न र कम्पनीलाई ग्राहकप्रति उत्तरदायी बनाउन केन्द्रको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।

वायरलाइन तथा ग्राहक सेवा निर्देशनालयका निर्देशक देवनारायण यादवले केन्द्रलाई नयाँ व्यवस्थापनमा सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । एक सय ९७ नंमार्फत हुने सोधपुछ सेवा आजैदेखि नयाँ संरचनाबाट सञ्चालनमा आइसकेको टेलिकमले जनाएको छ ।

वायरलाइन ग्राहक सेवाका लागि १९८ र जिएसएम तथा सिडिएमए मोबाइल ग्राहक सेवाका लागि १४९८ नंमा डायल गरेर ग्राहकले उक्त सेवासम्बन्धी गुनासा तथा जिज्ञासा राख्ने तथा आवश्यक जानकारी लिन सक्नेछन् । यी सबै सेवा निःशुल्क रुपमा उपलब्ध छन् ।

हालसम्म टेलिफोनबाट मात्र सेवा दिइरहेकामा सो सेवा केन्द्रबाट छिट्टै एसएमएस, इमेल तथा वेब च्याट सेवाको माध्यमबाट समेत सोधपुछ तथा ग्राहक सेवा उपलब्ध गराइने टेलिकमले विज्ञप्तिमार्फत जनाएको छ ।  (रासस)


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan