Saturday 21st of October | २०७४ कार्तिक ४ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अछामका महिला तथा किशोरीका लागि छाउपडी मुख्य समस्या

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज २६ बिहिबार
newsabhiyan

एकेन्द्र महता, अछाम, २६ असोज । अछाममा महिला तथा किशोरीहरुका लागि मुख्य समस्या छाउपडी कुप्रथा रहेको पाईएको छ ।

परम्परादेखी जगडिएर रहेको अछाम सहित यस क्षेत्रको छाउपडी कुप्रथाका कारण महिला तथा किशोरीहरु शारिरिक, मानसिक, शैक्षीक र सामाजिक रुपमै समस्यामा पर्ने गरेको पाईएको हो ।

किशोरी तथा महिलाहरु सामाजिक संस्कार, धामी झाँक्रि, देवी देवता मान्ने प्रचलन, सानो र साँघुरा घर आदि कारणले महिनावारि भएको बेलामा गोठमा जाँने गरेको मंगलसेन ४ कि किशोरी झुसुम आउजीले बताएकी छन ।

सामाजिक रुपमा पनी महिनावारी भएका महिलाहरुलाई बिभिन्न लान्छना लगाउने गरेको र नुहाउने धारा समेत छुट्टै र टाढा हुने गरेको अवस्थामा पछिल्लो समय सञ्चालन भएका अभियानले केही सकारात्मक परिवर्तनको सुरुवात गरेको बताईएको छ ।

पछिल्लो समय छाउपडी कुप्रथालाई पनी अपराधको रुपमै मुलुकी ऐनमै समेटीएपछि यो प्रथा न्यूनिकरणमा थप बल पुगेको सरोकारवालाहरुको भनाई छ । यस्तै, आज अछाम सहित देशैभर विश्व बालिका दिवस मनाईएको छ ।

दिवसको अवसरमा सामुदायिक सूचना नेटवर्क सीआईएन र बिभिन्न सामुदायिक रेडियोहरुको आयोजनामा सरोकारवालासंग छलफल कार्यक्रम गरिएको छ ।

रेडियोमा कहिल्यै पनी नबोलेकी किशोरीहरुले आफ्ना समस्याका बारेमा सरोकारवालाहरुलाई प्रश्न गरेका थिए ।

रेडियो जनप्रियमा भएको छलफल कार्यक्रममा मंगलसेन नगरपालिकाका नगर प्रमुख पदम बोहरा, अछामका प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरी र मंगलसेन नगर उपप्रमुख सरिता उपाध्याय संग किशोरी झुसुम आउजीले किशोरी तथा महिलाहरु संग सम्वन्धित छाउपडी कुप्रथाका विषयमा बिभिन्न प्रश्नहरु राखेकी थिईन ।

यसैविच ः अन्तरािष्टय बालिका कुप्रथालाई राज्यले कानुनी रुपमा दण्डनिय बनाईसकेको भएपनी अछाम सहित सुदूर तथा मध्यपश्चिमका अधिकाँश ठाँउमा छाउपडी कुप्रथालाई अंगिकार गरेको पाईन्छ ।

सामाजिक कुरितीको रुपमा रहेको यस प्रथाको वर्तमान अवस्था, उन्मुलनका लागि भएका प्रयास र कानुनी उपचारका विषय कुराकानी भएको थियो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan