Tuesday 12th of December | २०७४ मङ्सिर २६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

म्याक्स बायुङको निर्देशनमा गायक देव तन्डुकारको ‘गुली चका’ सार्वजनिक (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज २६ बिहिबार
newsabhiyan
newsabhiyan

न्यूज अभियान,  काठमाडौं । यतिबेला नेपालीहरुको घर आगनमा तिहारको रौनकले छाईसकेको छ ।

महान् पर्व तिहारको अवसर पारेर नेपाली सांगीतिक बजारमा विभिन्न खालको तिहार बिशेष गीतका भिडियोहरु युट्युबमा दिन प्रति दिन अपलोड भईरहेका छन् । तर तिहारकै अवसर पारेर गायक देव तन्डुकारले भने अलि फरक धारको गीत पस्केका छन् ।

गायक तथा सङ्गीतकार देव तन्डुकारको सारै राम्रो मन छुने नेवारी भाषाको पप स्टाइलको गीतको म्युजिक भिडियो ‘किङ रोज इन्टरटेन्टमेन्ट’ मार्फत युट्युबमा आज रीलिज भएको छ ।

गायक तथा संगीतकार देव तन्डुकारको आवाजमा रहेको “गुली चका ” नेपालभाषाको गीतको भिडियो दर्शक स्रोता माझ सार्वजनिक गरेको हो ।

सो सार्वजनिक भएको गितमा शब्द देव तन्डुकारकै रहेको छ ।  तन्डुकारले लामो समय पश्चात नेपाल भाषाको गीत लिएर आएको हुनाले नेवारी कल्चरको समाबेशी पप स्टाइलको गीत भएकोले आम दर्शक स्रोताले मन पराईदिनु हुने अपेक्षा गरेका छन् ।

पछिल्लो समयका चर्चित एवं व्यस्त निर्देशक म्याक्स बायुङको निर्देशनमा बनेको उक्त भिडियोमा मोडल बादल श्रेष्ठ र रश्मि तन्डुकारको दमदार अभिनय रहेको छ । 

भिडियो हेर्दा निक्कै रौनक नै देखिन्छ भने मोडलदोयको अभिनय प्रशंशा योग्य छ । निर्देशक म्याक्सले यो पहिलो नेवारी भाषाको गीतलाई निर्देशन गरेका हुन् ।

पवन गौतमले खिचेको “गुली चका” भिडियोलाई ओम प्रसाईले सम्पादन गरेका हुन् । किङ रोज इन्टरटेन्टमेन्टको पोस्ट प्रोडक्सन रहेको सो भिडियोलाई निक्कै मिहिनेतका साथ निर्माण गरिएको र  भिडियोलाई दर्शक श्रोताले हेरेर प्रतिक्रिया दिने कुरामा ढुक्क छन् निर्देशक म्याक्स बायुङ ।

यस अघि म्यक्सले धेरै ओटा नेपाली म्युजिक भिडियो, डकुमेन्ट्री, चलचित्र, लिम्बु कल्चरको फिल्म  समेत निर्देशन गरि सकेका छन् । हसिलो स्वभाव अनि रमाइलो बढी रुचाउने निर्देशक म्याक्सले क्यारिकेचर समेत गर्ने गरेका छन् भने उनि नेपाली कलाकारिता क्षेत्रमा दुई दशक लामो समय देखी सक्रिय छन् ।

यस्तै गायक तन्डुकार भने नेपाली सांगेतिक आकाशमा आफ्नो शुरुवातिका दिनमा ब्यान्डमा आबद्ध रहेका थिए । गायनका अलवा गीत लेखन, संगीतमा बढी लगाब रहेको बताउछन् ।

र  दर्शक, स्रोता, शुभ चिन्तकहरुबाट नै अहिले रिलिज भएको ‘गुली चका’  नेवारी पप गीतलाई सकारात्मक र नकारात्मक दुवै पाटोबाट बुझेर प्रतिक्रिया दिएमा आगामी आउदा दिनमा आफुलाई अझै सजिलो हुने बताएका छन् ।

गायक तन्डुकारका नयाँ गीतहरु क्रमस: दर्शक स्रोता सामु पस्कदै जाने बताए । गायक लगायत सबै कलाकारले गीत, संगीतको माध्यमबाट समाजलाई प्रर्वद्धन गर्न योगदान पुर्याउन सकोस्,  हाम्रो शुभ कमना ।


हेर्नुहोस् तलको भिडियो :-


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan