Saturday 21st of October | २०७४ कार्तिक ४ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दक्षिण एसियाली जोरखाने भोलिदेखि

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज २६ बिहिबार
newsabhiyan

 सोही कार्यक्रममा प्रथम दक्षिण एसियाली जोरखाने तथा कुस्ती पेहलवानी प्रतियोगिता शुक्रबारदेखि हुने जानकारी गराइयो ।
नेपाल जोरखाने खेलकुद संघले आयोजना गर्ने प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, श्रीलंका, भुटान, माल्दिभ्स, पाकिस्तान र अफगानिस्तान गरी ८ राष्ट्रका ८० खेलाडी सहभागी हुने महासचिव घिमिरेले जानकारी गराए ।

जोरखानेमा ७ र कुस्तीमा ५ गरी १२ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । भारतका खेलाडी आज बेलुकी आइपुग्ने तथा भुटान, माल्दिभ्स र अफगानिस्तानका खेलाडी शुक्रबार बिहानसम्म आइपुग्ने बताइएको छ ।

   नेपालबाट सुमिर साह, मुकेशकुमार ठाकुर, कुन्दन साह तुराहा, रोहित महर्जन, रोजन महर्जन, राजु महर्जन र रोजित महर्जनले प्रतिस्पर्धा गर्नेछन् । दुईदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ ।

किङ कमको जित
आयोजक किङ कम स्पोर्ट्स क्लब ‘ए’ ले प्रथम स्मृति भेट्रान फुटबल प्रतियोगितामा जित हात पारेको छ ।
किङ कम ‘ए’ ले आव्हान युवा सञ्जाललाई ९–३ गोलले पराजित ग¥यो ।

अर्को खेलमा क्यु स्नुकर शुभारम्भ क्लबले थापा गाउँ टोल सुधार समितिलाई ४–१ गोलले हरायो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan