Monday 11th of December | २०७४ मङ्सिर २५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

राजविराज –१५ मा मतदान सम्पन्न

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज ५ बिहिबार
newsabhiyan

राजविराज, ५ असोज (रासस) ः राजविराज नगरपालिका वडा नं १५ मा आज शान्तिपूर्ण रुपमा तेस्रो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ ।

प्रहरीको बाक्लो उपस्थितिमा दुई मतदान केन्द्रमा एक हजार २९२ जनाले मतदान गरेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख महेश ठाकुरले बताउनुभयो । त्यहाँ एक हजार ६३९ जना मतदाता छन् ।

मतदान केन्द्रका मतपेटिका निर्वाचन सकिएलगत्तै सदरमुकाम राजविराजस्थित खेलकुद विकास कार्यालयमा ल्याइसकिएको छ ।

उक्त वडामा गत भदौ ३१ गते राजपा नेपालका उम्मेदवार महन्थी यादवको मृत्यु भएपछि स्थगन भएकामा आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान भएको थियो ।

यादवको मृत्युपछि संशोधित निर्वाचन कार्यक्रमअनुसार राजविराज – १५ मा राजपाका तर्फबाट वडाध्यक्षमा जसकरण मण्डलले यही असोज ३ गते आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको थियो ।

यसैबीचसर्वदलीय बैठक बसेर अहिले रातिदेखि राजविराज नगरपालिकाको मतगणना शुरु गरिएको छ । त्यस्तै १७ स्थानीय तहमा पनि असोज २ गतेको निर्वाचनपछि मतगणना जारी रहेको बताइएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan