Saturday 21st of October | २०७४ कार्तिक ४ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

स्पेनी होटेलको खानाले नौ बेलायती बालबालिका अस्पताल भर्ना

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज ५ बिहिबार
newsabhiyan

लण्डन, ५ असोज  । विद्यालयबाट भ्रमणमा स्पेन पुगेका नौ जना बालबालिकाले स्पेनी एक होटेलमा खाना खाएका कारण विरामी परेपछि स्थानीय एक अस्पतालमा भर्ना भएका छन् ।

विद्यालयको कार्यक्रम अनुसार स्पेन पुगेका उनीहरूले स्पेनको सतान्दर शहर नजिकैको एक ग्रामीण इलाकामा रहेको चारतारे होटल कामपोमरमा खाना खाएपछि विरामी परेको बेलायती दैनिक पत्रिका माइलले बिहीबार जनाएको छ ।

अस्पतालले खानामा कार्बनमनोअक्साइड नामक विषाक्त पदार्थ मिसिएको आशङ्का गर्दै उपचार अगाडी बढाएको छ । उनीहरूको सतान्दरको मार्केस दे भाल्देसिला अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

उक्त होटलमा खाना खाएका विरामीमध्ये पाँचजनाको स्वास्थ्य अवस्था गम्भीर रहेको र उनीहरू बेलायती बालबालिका भने नरहेको उक्त दैनिकले जनाएको छ । (रासस/सिन्ह्वा) 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan