Saturday 21st of October | २०७४ कार्तिक ४ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पाकिस्तानसँगको हवाइ सैन्य अभ्यास ‘नियमित’: चीन

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज ५ बिहिबार
newsabhiyan

उरुम्की, ५ असोज  चिनियाँ वायुसेनाले बिहीबार आफ्नो पाकिस्तानसँगको हवाई सैन्य अभ्यासलाई लिएर गरिएको टिप्पणीप्रति खण्डन गर्दै ति अभ्यास नियमित भएको जनाएको छ ।

चिनियाँ पिपुल्स लिवरेसन आर्मीको वायुसेनाका प्रवक्ता सेन जिन्कीले भन्नुभयो, “कुनै देशले पाकिस्तानसँग सधैँजस्तै गरिएका नियमित हवाई अभ्यासलाई लिएर टिप्पणी गर्नु अनावश्यक कुरा हो । उनीहरूले यस्ता अभ्यासप्रति अभ्यस्त बन्दै अनावश्यक अफबाह नफैलाउनु राम्रो कुरा हुनेछ ।”

सैन्य अभ्यास चलाउनु अन्तर्राष्ट्रिय अभ्यास हो । विदेशी सेनासँगको सैन्य अभ्यास हरेक देशको सेनाको सैन्य क्षमता बढाउन र राष्ट्रिय सुरक्षा तथा राष्ट्रियताका लागि आवश्क हुन्छ, उहाँले थप्नुभयो ।

शाहीन छैठौँ नामक संयुक्त सैन्य अभ्यासलाई लिएर केही मुलुकले राखेको चासोप्रति चिनियाँ सेनाले सपष्टिकरण दिएको हो । चीनले पाकिस्तानसँग सेप्टेम्बर २७ देखि जे–११ युद्धक विमान, जेएच्–७ फाइटर बम्बर केजे–२०० एडव्लुब्सीएस विमान तथा स्थलसेनाको संयुक्त अभ्यास गर्दैछ । (रासस/सिन्ह्वा) 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan